Monday 30th March 2026

टहल आचार्यको गजल संग्रह – ३८


मोलमोलाई दलाली र सँधै भाउ दरको कुरा ,
गरि बाँच्छ मान्छे धन सम्पति र घरको कुरा ।

कालो गोरो बलियो र निर्धो राम्रो नराम्रो त्यो ,
धनी गरिब ठूलो सानो जातिपाती थरको कुरा ।

सँगै ज्युने सँगै मर्ने बाचा कसम सङ्कल्पमा
मायाप्रेम आस्था अनि जुनी काट्ने भरको कुरा

कोही अग्ला महल र कोही गल्ली फुटपाथमा
कसैलाई घुम्ने कुर्ची कसैलाई करको कुरा ।

नातागोता छरछिमेक आफ्नै भन्नेहरु बाट ,
हत्याहिंसा बलत्कार अन्याए र डरको कुरा ।
टहल आचार्य
२०७९/०१/१६


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...