Thursday 22nd January 2026

षड्ऋतुः आमा -शोभा आचार्य गौतम


आमा

माता तिर्थ औशी
आमाको सम्मान
छनी सधै भरि
मुटु भरि माया
दिन्छुनि सधै नै
पाउ छत्र छाया।

अमर छ शब्द
नमेटिने छाप
बस्छ मन भरि
सधै तिमी लाई
दिन सकु यस्तै
चोखो प्रेम भरि।

बाची राख सधै
अमर अटल
बनी राख सधै
सन्तानको निम्ति
सुमार्ग देखाई
दृस्टी ज्वोति बन्दै ।

अतुलनियछ
कर्तब्य का खात
दिन्छु सधै भरि
मायाका सौगात
आमा लाई सधै
स सम्मान साथ।

संघर्षशिल तिम्रा
ती पाईला हरु
नथाक्ने कहिल्यै
तिम्रा हात हरु
दिन सकु सधै
मेरा साथ हरु।

मायाकी खानी हौ
सन्तान कि प्यारि
आमा तिमी हाम्री
बिश्वासिलि साथी
पुकार्छु ईस्वर
बाची राख भनी।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...