Monday 30th March 2026

कविताः मेरी आमा -इन्द्र बोन्तावा देवा


आज
मेरा ती बालापनको यादहरु आइरहदा
आमाको यादले सताइरहेछ
त्यो न्यानो न्यानो काख
त्यही काखमा बसेर अमृतपान गरेको
मेरो मुस्कानमा आमाको मुहारमा हासो छाएको

उठेर हिड्न खोज्दा
दुई हात समाएर सहारा दिदै
ताते बाबू तातेभन्दै
हिड्न सिकाउने मेरो आमा
क ख ग घ भन्दै पढ्न सिकाउने
शास्त्र पढेर ज्ञानी हुनुपर्छ भन्ने मेरो आमा
जिन्दगी एउटा संघर्षशील हो भनी सिकाउने आमा
” मान्छे भएर जन्मेपछी एउटा उद्योग गर्नुपर्छ ”
यहि आदर्शवाक्य दिनुभएको छ आमाले
तिमीहरूको पालो नजिकै छ आउदैछ भनी
सतर्क गराउने मेरो आमा

मेरो सुरक्षाको लागि
बैरी दुष्टसङ्ग लड्ने जुझ्ने
अरु कोहो नभएर मात्र मेरो आमा
मेरो जीवन रहुन्जेल मानसपटलमा
यहि रहिरहन्छ सदा सदाको लागि
हिर्दयभरिको मीठो सम्झना
कोटिकोटी प्रणाम
अनि सुस्वास्थ्यको कामना !!!


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...