Sunday 21st December 2025

कविताः मेरी आमा -इन्द्र बोन्तावा देवा


आज
मेरा ती बालापनको यादहरु आइरहदा
आमाको यादले सताइरहेछ
त्यो न्यानो न्यानो काख
त्यही काखमा बसेर अमृतपान गरेको
मेरो मुस्कानमा आमाको मुहारमा हासो छाएको

उठेर हिड्न खोज्दा
दुई हात समाएर सहारा दिदै
ताते बाबू तातेभन्दै
हिड्न सिकाउने मेरो आमा
क ख ग घ भन्दै पढ्न सिकाउने
शास्त्र पढेर ज्ञानी हुनुपर्छ भन्ने मेरो आमा
जिन्दगी एउटा संघर्षशील हो भनी सिकाउने आमा
” मान्छे भएर जन्मेपछी एउटा उद्योग गर्नुपर्छ ”
यहि आदर्शवाक्य दिनुभएको छ आमाले
तिमीहरूको पालो नजिकै छ आउदैछ भनी
सतर्क गराउने मेरो आमा

मेरो सुरक्षाको लागि
बैरी दुष्टसङ्ग लड्ने जुझ्ने
अरु कोहो नभएर मात्र मेरो आमा
मेरो जीवन रहुन्जेल मानसपटलमा
यहि रहिरहन्छ सदा सदाको लागि
हिर्दयभरिको मीठो सम्झना
कोटिकोटी प्रणाम
अनि सुस्वास्थ्यको कामना !!!


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...