Friday 13th March 2026

मणिपुरेली किरात संघले मनायो स्थापना दिवस


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरेली किरात संघले आफ्नो संस्था स्थापना गरेको एघारौं स्थापना दिवस काङलातोङबी मणिपुर स्थित संस्थाको कार्यालयमा विधिवत परंपरानुसार एवं रंगारंग कार्यक्रमका साथ मनाएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार सो कार्यक्रममा मुख्य अतिथिको रुपमा श्रीमति मीना विष्ट प्रधान काङलातोङबी ग्राम पंचायत उपस्थित थिइन भने सभा अध्यक्षको रूपमा संस्थाका अध्यक्ष श्री जीत बहादुर लिम्बू र विशिष्ट अतिथिको रूपमा श्री मणिकुमार लिम्बु एवं श्री देवी प्रसाद थापा ‘मामा’ क्रमशः अध्यक्ष एवं संगठन सचिव मणिपुर संस्कृति सुरक्षा परिषद रहेका थिए ।

अतिथिहरूले आसन ग्रहण गरे पश्चात किरात समुदायहरू पारंपरिक मुनदुम पूजा गरे पश्चात कार्यक्रम आरंभ भएको थियो ।

कार्यक्रममा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका मूल सचिव श्री राजेन राईजीले भने कि हाम्रो संस्थाले आफ्नो जातिगत परंपरा र संस्कृतिको जगेडा गर्दै आम समाजमा पनि एउटा अलग्गै इतिहास रचेको छ ।हामीहरू आज गोर्खा समुदाय भित्रको उपजाति भए पनि हामी एक हौ र एकताको सूत्रमा बाॅधिनु पर्दछ । उनले अगाडि भने कि हामीले हाम्रो समाजका निम्न स्तरका परिवारका सदस्यहरूलाई पढाई -लेखाइको व्यवस्था गरेका छौ भने आपत परेको खण्डमा पनि सहयोग गर्ने योजनाहरू पनि संचालन गरेका छौ । उनले अगाडि थपे कि ईश्वरले आशीर्वाद दिए र आफूहरूको सहयोग पाए संस्थाले अगाडि पनि केही नया कामको थालनी अवश्य पनि गर्ने छौं ।

समारोहमा आफ्नो वक्तव्य राख्दै विशिष्ट अतिथि श्री देवी प्रसाद थापा ‘मामा’ले भने कि किरातहरूको इतिहास एउटा अति नै पुरानो इतिहास हो ।भगवान शिवको समय देखि यसलाई जान्न पाइन्छ ।आज हामीहरूले पनि यसरी उपस्थित भएर इतिहासको पुनर्विचार गर्न पाउनु अति नै हर्षको कुरा हो ।

मुख्य अतिथिको आसनबाट बोल्दै श्रीमति मीना विष्टले भनिन कि आज विभिन्न जातिहरू बीचमा किरातहरूको पनि आफ्नै जातिगत वेशभूषा र परंपरा रहेको कुरा जान्न पाउनु खुशीको कुरा हो । उनले अगाडि भनिन कि हामीहरू सबै एउटै फुलवारीको फूल सरह अन्य समुदाय बीचमा पनि हाडछाला भएर आफ्नो संस्कृति र परम्परा बचाउनुपर्ने हुन्छ ।त्यसमा पनि किरातहरूको भूमिका अग्रगामी देखिन्छ ।

कार्यक्रममा पारंपरिक साकेला र च्याब्रुङ नृत्यले दर्शकलाई मंत्रमुग्ध बनाएको थियो । पाँच सय भन्दा माथिको जमघट रहेको सो कार्यक्रममा किरात समुदायका देश र विदेशमा रहेका प्रतिनिधिहरू उपस्थित थिए भने राज्यका विभिन्न क्षेत्रमा रहेका शाखाहरूका अध्यक्ष र सचिवहरू पनि उपस्थित थिए ।
—-
कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...