Thursday 25th September 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १९


स्रष्टा परिचय
नाम- सत्या अधिकारी (घिमिरे)
जन्म- २०३० साल मङ्सिर २२ गते
जन्मस्थान- श्रीमन्ज्याङ ५, लम्जुङ
माता- स्वर्गीय सुर्य कुमारी घिमिरे
पिता- स्वर्गीय इन्द्र बिलाश घिमिरे
ठेगाना – सानेपा २, ललितपुर
पेशा- निबृत्त शिक्षक
अनुभव- ग्रामीण प्रविधि केन्द्र( गैरसरकारी संस्था CRT ) र ललितपुरस्थित शुभतारा बिद्यालयमा झन्डै तीन दशक पुस्तकालय प्रमुख र शिक्षण पेशा।
प्रकाशन- उमंग लघुकथा सङ्ग्रह का साथै एक दर्जन भन्दा बढी फुट्कर कथा, कविता र लघुकथा विभिन्न अन् लाईन खबर र राष्ट्रिय खवर पत्रिकाकामा प्रकाशित।
आवद्ध -हाम्रो लघुकथा पाठ्शालाको साप्ताहिक कार्यक्रम अन्तर्गत हरेक बिहीवार बेलुकी ८:३० मा फेसबुकबाट लाइभ प्रसारणमा संयुक्त लघुकृतिबाट कथा बाचन।

रचना
लघुकथा
काठको बाकस

कक्षामा गुरूले आफ्ना विद्यार्थीहरूलाई वनजङ्गलको महत्व शीर्षकको पाठ पढाउँदै थिए ।
केही बेरपछि विद्यार्थीहरुले बुझे कि बुझेनन् भनेर मूल्याङ्कन गर्न थाले ।
सबै बिद्यार्थीहरु उत्साहित भए । उनीहरुले वनजङ्गलबाट हुने फाइदाहरुबारे पालैपालो भन्दै गए । “जङ्गलको काठ घर बनाउन काम लाग्छ सर ।“ दोश्रो बेन्चबाट हात उठाएर रमेश बोल्यो । हामी सुत्ने खाट पनि काठबाट बन्छ है, सर ?“ पछिल्लो बेन्चबाट हरिले भन्यो ।
अनि “लुगा राख्ने दराज, हामी बस्ने बेन्च पनि काठ्बाटै बन्छ सर“ चौथो बेन्चबाट सीताले भनी ।
सबैले आ-आफ्ना कुरा राख्ने क्रम चल्दै थियो ।
कक्षामा सधैं सबैभन्दा पहिला उत्तर दिने राजु भने आज चुप थियो । गुरू उनको छेउमा गए ।
गुरूले राजुको काँधमा धाप मार्दै सोधे “भन त राजु ! जङ्गलको काठ्बाट अरु के के बन्छ ?“
प्रश्न नसुने झैँ गरी ऊ भुइँमा हेरिरहेको थियो । दोहोर्याएर सोधियो । जवाफ नदिएर ऊ त रून पो थाल्यो ।
पुरै कक्षा शान्त भयो । फकाइ फुल्याइ गरेपछि अन्तिम पट्क माया गर्दै फेरि गुरुले सोधे, “भन त बाबू ! काठबाट बन्ने कुनै एउटा वस्तुको नाम ।“
यो पटक चाहिँ सानो तर रुन्चे स्वरमा उसले भन्यो “काठको रातो बाकस सर”


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...