Saturday 1st August 2026

स्थानिय चुनाव हो,पार्टी मात्र होइन योग्य उमेदवार पनि हेरौ


नारायण कोइराला – स्थानिय चुनाव नजीकिदैं गर्दा सबै पार्टीहरू आफ्ना उमेदवार घोषणा गर्ने तयारी गरिरहेका छन भने कार्यकर्ताहरुले कसले टिकट पाउँछ भन्ने कुरा उत्सुकताका साथ हेरिरेका छन्। आफ्नो गाउँ ठाउँको पत्यक्ष सरोकार हुने हुँदा स्थानीय चुनावमा गाउँ, टोल र शहरमा विशेष चासो बढ्नु स्वभाविक पनि हो र बढ्नु पनि पर्छ। आफ्नो पक्षमा नतिजा ल्याउने होडबाजीमा पार्टीहरु टिकट वितरण गर्दा स्थानियहरुको मन बुझाउन सक्ने उमेदवार घोषणा गर्छन् या गर्दैनन् भन्ने विषय पनि गहन छ।यो कुरामा पार्टीहरूले कत्तिको महत्त्वपूर्ण भूमिका खेल्छन् त्यो त सबै उमेदवारको घोषणा पछि नै सुन्न र बुझ्न सकिएला।

स्थानिय चुनावमा पनि आर्थिक चलखेल नहोला भन्न सकिन्न।विगतका चुनावहरूमा हुनेगरेका यी घटनाहरुले लगनशील, मेहनती कार्यकर्ता मारमा परेको प्रस्ट नै छ।यो परम्परा कहिले सम्म चल्छ भनेर प्रश्न उठे पनि उत्तर कहिले आउँछ यकिन गर्न सकिन्न। यसको उत्तर खोज्दा आफ्नो राजनीति जीवन नै सकिन सक्ने अवस्था आउँछ कि भनेर चुपचाप बस्ने अवस्था पनि देखिन्छ।बोल्नेहरुको विजगो भएको पनि छ।यसो हुनु प्रजातान्त्रिक अवस्थामा ठीक होइन तर भै रहेको छ।जुन सुकै पार्टी पनि अहिलेको अवस्थामा नीतिगत व्यवस्थाको भन्दा पनि निजिगत फाइदाको काम गरिरहेको देखिन्छ।

प्रजातान्त्रिक प्रणालीमा नातावाद कृपावादको नसाले पिरोल्दै गर्दा छानिने उमेदवार कस्ता हुन्छन।त्यो अवस्थामा चित्त नबुझे विद्रोह गर्न सक्ने अवस्था कर्मठ कार्यकर्तामा छ त?प्रजातान्त्रिक प्रणालीको लामो समय बित्दापनि न त जनमानसले यसलाई मानेको छ। न त कार्यकर्ताले। यही अवस्था रहने हो भने केन्द्रको स्वार्थ पूरा गर्न स्थानिय उमेदवार बलिको बोको बन्नु पर्ने अवस्था रहीरहने छ। कहिले यसरी पछि दौडिरहने।गाउँमा, टोलमा, शहरमा अब एकहोरो लगाम खिचिएको घोडा जस्तो हुनुभन्दा जुनसुकै पार्टी होस्,स्थानीय चुनावमा आफ्नो मत हाल्दा कुन उमेदवार गाउँ, टोल र शहरको विकास गर्न सक्षम छ।त्यस तर्फ विचार पुर्याउने की? चाहे त्यो कुनै पार्टीको मात्र नभएर स्वतन्त्र नै कि नहोस्। चाहें पार्टीको होस्। चाहें स्वतन्त्र किन नहोस्।हामीलाई चाहिएको विकास हो।त्यसको लागि आफ्नो विवेक प्रयोग गर्न , न हामीलाई कसैले रोक्न सक्छ। न रोकेर रोकिन्छ।अब पनि पुरानो परम्परालाई निरन्तरता दिने हो भने, आज ,आज नै रहने छ।बिहानी बनेर बिहानी आउने छैन।सजक हुन् सकिएन भने पुरानै अनुहारले हामीलाई गिज्याउने छ। आफ्नै विवेकले आफैलाई धिकार्ने छ।त्यो अवस्था आउन नदिने अधिकारको प्रयोग गर्ने समय आएको छ।समयमा अधिकार सही ठाउँमा प्रयोग नगरी पछि पछुताउनु अर्थ नै के छ ? के गर्ने ? सही या गलत? विवेक आफनो।विचार आफनो। बुद्धि आफ्नो।स्थानीय चुनावमा आफ्नो जीत गराउने अथवा केन्द्रको। प्रजातन्त्र हो,हाम्रो मत नै त्यसको फैलाला गर्ने छ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...