Monday 3rd August 2026

पल शाह प्रकरणमा ट्वीष्टः अदालतमा किशोरीले बयान फेरिन्


अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । यस सँगै अभिनेता शाहमाथिको बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।

नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेकी हुन् । अदालत समक्ष उनले शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर किशोरीले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । किशोरीका बाबु आमाको बकपत्र हुन भने बाँकी नै छ । यदि प्रहरी र अदालतमा दिएको बयान बाझिन गएमा अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने हुँदा यो मुद्दामा किशोरीका बाबु आमाको बयान पछि मुद्दाले कस्तो मोड लिन्छ भन्ने हेर्न बाँकी नै छ ।

विहेको प्रलोभनमा शाहले पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै पीडित किशोरी र उनको परिवारले तनहुँ र नवलपुर प्रहरीमा जाहेरी दिएको थियो। प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

प्रतिकृयाहरू
...