Thursday 22nd January 2026

गद्यकविता: नयाँ वर्ष -सुधा बासकोटा ढकाल


पुराना पीडा
व्यथा
दुख
कष्ट बिर्साउन
घाउ लागेको
हृदयमा
मलम लगाउन
आउँदै छ
नयाँ वर्ष!
उमङ्ग लिएर
मिठो प्रेमको
तरङ्ग लिएर
सन्तुष्टि
र आशा बोकेर
समृद्धि बोकेर
त्यसैले त
हरेक मुटुका
स्पन्दनमा
एउटा आशा
पलाएको छ
फेरि
जसरी
बोटबिरुवाहर
टुसाएका छन्
नव पालुवाका साथमा
जसरी पवनले
नयाँ सुवास
मग्मग
फैलाएको छ
ठिक त्यसरी नै
पुनः
नयाँ वर्ष
आउँदैछ
आशा जगाउँदै
जाँगर बटुल्दै
पुराना दिन
जस्ता भए पनि
बिते
रुमलिनु छैन
त्यसमा
पवित्र
कामना गरौँ
आजैबाट
नयाँ वर्ष
नयाँ
प्रवृत्ति लिएर आवस्
सबैका प्रवृत्ति
सुध्रिउन्
घरघरमा
समृद्धि झल्कियोस्
गुराँसझैँ
फुलोस् नयाँवर्ष
नव पालुवाझैँ
मुस्काएर
प्रत्येक नेपाली
हृदयमा
तृप्ति दिएर
खुलोस्
सुख शान्ति
र उमङ्ग छावस्
सर्वत्र
नयाँ वर्ष
विकास बनेर
आवस
खुशी बनेर
आवस!!

सुधा बासकोटा ढकाल
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...