Thursday 22nd January 2026

शोभा आचार्य गौतमका नयाँ वर्ष विशेष षड्ऋतुहरू



नयाँ वर्ष आयो
स्वागत छ फेरि
आशा र भरोषा
उहीँ यथावत
लिएर आवोस
हर्ष र उल्लास ।

साल फेरिए झै
नयाँ जोस सङ्गै
अभाव को चिर्दै
खुसियाली सङ्गै
लिएर आवोस
साल नयाँ बन्दै ।

रोग ब्याधि दुख
पर पर सार्दै
सोच बिचारमा
सकारात्मकता
भर्दैआवोस ल
उमंग छर्किदै ।

जस्तै परिस्थिति
आए पनि यहाँ
लडने साहस
भर्दै आवोस है,
नयाँ वर्ष धेरै
खुसियाली लिदै ।

बसन्त ऋतुको
सुन्दर पालुवा
जस्तै आवोस ल
नयाँ वर्ष यहाँ,
सुन्दर बिहानी
झै सुनौलो बन्दै ।

हर्ष उल्लासका
साथमा सधै झै
मनाए जसरी
मनाउने ईच्छा,
आवोस यो वर्ष
आशाहरु भर्दै।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...