Tuesday 31st March 2026

चिरञ्जीवी ढकालका टुक्का कविताहरू


१.
लुकीछिपी आँखा बोले,मान्नै प-यो खोट?
कसैलाई मस्ती हुन्छ, कसैलाई चोट।
२.
रात ढले दिन हुन्छ, दिन ढले रात,
बदल्नको सक्छ यहाँ, प्रकृतिको बात।
३.
सकिदैन रातभरि निदाउनलाई,
मुर्छा पार्छ कुटुकुटु भित्र मुटु खाई।
४.
झुक्न नदेउ ती पुर्खाले आर्जेको सान,
त्यो सानमा अडेकोछ हाम्रो स्वाभिमान।
५.
हेप्यो साह्रै दुश्मनले बोल केही बोल,
हैन भने त्यो मनको गुह्य कुरा खोल।
६.
बस्ती बस्ती घन्किदैछ इन्क्लाबको नारा,
बनि दिँदा सत्ता तिम्रो आज ज्यानमारा।
७.
पुगौँ बस्ती बस्तीमा जनतालाई जगाउन,
सत्ता बाट भ्रष्टलाई छानिछानी भगाउन।
८.
सुरक्षाको घेरा भित्र बस्छौ हर दिन,
तिमी भित्र खोट देख्छु मैले किन किन?

✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...