Tuesday 27th January 2026

सापो (SAPO )ले गर्यो अनिश्चितकालीन बन्दको घोषणा


डा. हरिमोहन पोख्रेल, कोहिमा /साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (SAPO )द्वारा नागालैंड र मणिपुरको सीमा बीचमा अनिश्चितकालीन बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार सापोले मणिपुर सरकार द्वारा नागालैंडको सीमावर्ती क्षेत्रमा सैनिक दस्ता नहटाएको र अन्य कतिपय विषयमा पनि सरकारले आफ्नो खुशी -खुशी कार्य गरेकोले गर्दा अनिश्चितकालीन बंदको आवाह्न गरेको छ ।

सापोले आफ्नो विज्ञप्तिमा भनेको छ कि मणिपुर र नागालैंडको सीमान्त क्षेत्रमा अब आवत-जावत रहने छैन जब सम्म सरकारले पहल गर्न सक्दैन ।

मणिपुर तर्फबाट प्राप्त समाचार अनुसार मणिपुरबाट बाहिरको अन्य राज्यमा जाने पर्यटकहरू लगायत व्यापार गर्नेहरूलाइ भने सापोको बन्द घोषणाले निकै नै अप्ठेरो परेको कुरा जान्नमा आएको छ भने कोही भने मणिपुरबाट नागालैंडको सीमानासम्म आएर फर्केर गएको र धेरै नै दुःख परेको पनि प्रकाशमा आएको छ ।

स्मरण रहोस् सापोले बन्द गरेको एरिया मणिपुर -नागालैंड सीमामा पर्दछ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...