Friday 13th March 2026

सापो (SAPO )ले गर्यो अनिश्चितकालीन बन्दको घोषणा


डा. हरिमोहन पोख्रेल, कोहिमा /साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (SAPO )द्वारा नागालैंड र मणिपुरको सीमा बीचमा अनिश्चितकालीन बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार सापोले मणिपुर सरकार द्वारा नागालैंडको सीमावर्ती क्षेत्रमा सैनिक दस्ता नहटाएको र अन्य कतिपय विषयमा पनि सरकारले आफ्नो खुशी -खुशी कार्य गरेकोले गर्दा अनिश्चितकालीन बंदको आवाह्न गरेको छ ।

सापोले आफ्नो विज्ञप्तिमा भनेको छ कि मणिपुर र नागालैंडको सीमान्त क्षेत्रमा अब आवत-जावत रहने छैन जब सम्म सरकारले पहल गर्न सक्दैन ।

मणिपुर तर्फबाट प्राप्त समाचार अनुसार मणिपुरबाट बाहिरको अन्य राज्यमा जाने पर्यटकहरू लगायत व्यापार गर्नेहरूलाइ भने सापोको बन्द घोषणाले निकै नै अप्ठेरो परेको कुरा जान्नमा आएको छ भने कोही भने मणिपुरबाट नागालैंडको सीमानासम्म आएर फर्केर गएको र धेरै नै दुःख परेको पनि प्रकाशमा आएको छ ।

स्मरण रहोस् सापोले बन्द गरेको एरिया मणिपुर -नागालैंड सीमामा पर्दछ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...