Monday 22nd December 2025

कविताः बङ्गुर – जनार्दन अधिकारी ‘धड्कन’


शिकार खेल्न नसकेर
भोकमरीले
विरालो जस्तै बनेको छ बाघ,
गाइ गोरु गोठ खाली गरेर,
बड्दैछ बङ्गुर पालन,
नाम कमाएका धराने काला बंगुरहरु,
अचेल सिंह दरबार भित्रै पाईन्छन्,
सतहत्तरै जिल्लामा विकास भएकोछ,
गाउँ गाउँमा सिँहदरवार ?
विकासका योजना अबरुद्ध गरेर,
कोपरी रहेछन् आफ्नै प्रजातीहरु,
पर्यटक जाने रिसोर्टहरुमा,
बङ्गुरहरु नै भरिभराउ छन्,
प्रकृतिको कुचिकार गिद्ध,
आहार विहिन लोप हुनु,
बङ्गुरहरुको समृद्ध विकास हुनु !
अनिष्ट बड्दैछ देशमा,
अब चुनाबका बाक्सा खन्याउँदा पनि,
सायद,
काला बंगुरहरूनै निस्कने छन्
जनताले दाना खुवाईरहेछन्,
भारी बोकेर,गिट्टी कुटेर,बालुवा चालेर,
मोटा बङ्गुरहरु
सिगौरी खेलीरहेछन्
देश र जनता सँगै,
तर्साइरहेछन् निन्द्रा,
टुक्क्राई रहेछन् समृद्धिका आशा,
खाईरहेछन्,मोटाई रहेछन्
बङ्गुरहरु ।

जनार्दन अधिकारी धड्कन
नैकाप काठमाडौ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...