Wednesday 1st April 2026

कविताः बङ्गुर – जनार्दन अधिकारी ‘धड्कन’


शिकार खेल्न नसकेर
भोकमरीले
विरालो जस्तै बनेको छ बाघ,
गाइ गोरु गोठ खाली गरेर,
बड्दैछ बङ्गुर पालन,
नाम कमाएका धराने काला बंगुरहरु,
अचेल सिंह दरबार भित्रै पाईन्छन्,
सतहत्तरै जिल्लामा विकास भएकोछ,
गाउँ गाउँमा सिँहदरवार ?
विकासका योजना अबरुद्ध गरेर,
कोपरी रहेछन् आफ्नै प्रजातीहरु,
पर्यटक जाने रिसोर्टहरुमा,
बङ्गुरहरु नै भरिभराउ छन्,
प्रकृतिको कुचिकार गिद्ध,
आहार विहिन लोप हुनु,
बङ्गुरहरुको समृद्ध विकास हुनु !
अनिष्ट बड्दैछ देशमा,
अब चुनाबका बाक्सा खन्याउँदा पनि,
सायद,
काला बंगुरहरूनै निस्कने छन्
जनताले दाना खुवाईरहेछन्,
भारी बोकेर,गिट्टी कुटेर,बालुवा चालेर,
मोटा बङ्गुरहरु
सिगौरी खेलीरहेछन्
देश र जनता सँगै,
तर्साइरहेछन् निन्द्रा,
टुक्क्राई रहेछन् समृद्धिका आशा,
खाईरहेछन्,मोटाई रहेछन्
बङ्गुरहरु ।

जनार्दन अधिकारी धड्कन
नैकाप काठमाडौ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...