Wednesday 1st April 2026

सविता के.सी. का ५ दमदार पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग १

आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू
मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू
मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने
सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू
खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू ।

पञ्चाङ्ग २

सोझो पनको फाइदा उठाउँछन् झेला गर्छन् मलाई
जान्छ भन्छु कतै पनि पाटी भन्दै भेला गर्छन् मलाई
साँढेहरू जुध्नलाई बालक महिलाको घान हाले
गाउँले भने सहरिया बनेर हेला गर्छन् मलाई
अस्तित्वमा तँछाडमछाड हेपी ठेला गर्छन् मलाई ।

पञ्चाङ्ग ३
फेरि समझदारी गर्न झगडा गर्नु छैन मलाई
आफ्नै गाना गाएर आफ्नै कहानी छर्नु छैन मलाई
बस्ने भए मायाकै घर चाहिन्छ, देखावटी चाहिन्न
रिस गरेर सम्झौता गरी मन भर्नु छैन मलाई
चुप बस्ने, घट्टमा घुनको घान पर्नु छैन मलाई ।

पञ्चाङ्ग ४

दुःख पीडा पालैपालो आउँछन् रमाउँछु म त
एकपछिका अर्को अनुभव कमाउँछु म त
चाहिन्छ भने रचनालाई खुराक दिउँला नि
नरोएर सम्हालिदिन्छु मन थमाउँछु म त
तितामिठा अनुभूति मनमा जमाउँछु म त ।

पञ्चाङ्ग ५

नियतिले सुखदुःख खटाएर आफै दिने गर्छ साथी
थोरै सुख धेरै दुःख मानिसका जीवनमा भर्छ साथी
भोग्ने कुरा भोग्नै पर्ने आत्तिएर हुन्न, समयको चक्र
खुसीहरू बाँडिचुँडी जीवनमा पुर्याउनुपर्छ साथी
दुःखलाई सहज लिए जिन्दगी यसै पनि टर्छ साथी ।

✍️सविता के.सी. काठमाडौं


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...