Sunday 12th May 2024

सुन तस्करीको आरोपमा अध्यागमन विभागका सुब्बासहित दुई पक्राउ


भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूमा प्रहरीले पक्राउ गरेको थियो। शुक्रबार बिहान उनलाई उक्त परिमाणको १० वटा सिक्रीसहित आगमन टेनल गेटबाट उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गएर घिमिरेले ल्याएको सुनको सिक्री लिएर भन्सार चेकजाँच क्षेत्र पास गराएको खुलेको छ।यसरी अध्यागमन कर्मचारीले भन्सार चेकजाँच क्षेत्र पास गराएको पाइएपछि गुरागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।

गुरागाईंले सुन लिएर भन्सार जाँचपास क्षेत्र कटेपछि त्यही क्षेत्रको शौचालयमा गएर फिर्ता दिएको खुल्न आएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।बरामद सुनको सिक्रीसहित दुबै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

कुवेत – “भाषा,संस्कार, सांस्कृतिको संरक्षण, किराती हरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ।…

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।…

प्रतिकृयाहरू
...