Wednesday 2nd September 2026

सुन तस्करीको आरोपमा अध्यागमन विभागका सुब्बासहित दुई पक्राउ


भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूमा प्रहरीले पक्राउ गरेको थियो। शुक्रबार बिहान उनलाई उक्त परिमाणको १० वटा सिक्रीसहित आगमन टेनल गेटबाट उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गएर घिमिरेले ल्याएको सुनको सिक्री लिएर भन्सार चेकजाँच क्षेत्र पास गराएको खुलेको छ।यसरी अध्यागमन कर्मचारीले भन्सार चेकजाँच क्षेत्र पास गराएको पाइएपछि गुरागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।

गुरागाईंले सुन लिएर भन्सार जाँचपास क्षेत्र कटेपछि त्यही क्षेत्रको शौचालयमा गएर फिर्ता दिएको खुल्न आएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।बरामद सुनको सिक्रीसहित दुबै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...