Sunday 27th September 2026

परराष्ट्र मन्त्रालयद्वारा युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह


नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेन र रुसबीच तनाव बढेपछि युक्रेनमा रहेका सबै नेपालीलाई नेपाल फर्किन आग्रह गरेको हो।

परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो समयमा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ। यस्तै युक्रेनमा बस्ने सबै नेपालीलाई विकास भइरहेको अवस्थाको गणना गर्न र युक्रेनमा बस्न आवश्यक नभएसम्म नेपाल फर्कन, उडान भर्न अनुरोध गरेको छ।

त्यस्तै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् भने उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। मन्त्रालयले सबै नेपालीलाई कुनै पनि सहयोगका लागि बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

 


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...