Tuesday 20th October 2026

परराष्ट्र मन्त्रालयद्वारा युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह


नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेन र रुसबीच तनाव बढेपछि युक्रेनमा रहेका सबै नेपालीलाई नेपाल फर्किन आग्रह गरेको हो।

परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो समयमा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ। यस्तै युक्रेनमा बस्ने सबै नेपालीलाई विकास भइरहेको अवस्थाको गणना गर्न र युक्रेनमा बस्न आवश्यक नभएसम्म नेपाल फर्कन, उडान भर्न अनुरोध गरेको छ।

त्यस्तै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् भने उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। मन्त्रालयले सबै नेपालीलाई कुनै पनि सहयोगका लागि बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानमाथि आर्थिक र सैन्य दबाब कायम राखिरहेको बताएका छन्। उनले…

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

प्रतिकृयाहरू
...