Friday 23rd January 2026

लघुकथाः ठिटी -नारायण कोइराला


मुसुक्क हाँस्दै बाहिर निस्कँदै थिए। एउटा कोर्ली गाई जस्ती ठिटीलाई मनिलो अनुहारमा देखें। अनुहार पनि नयाँ। मनमा कुरा थियो। बोल्ने आँट चाहिँ भएन। उनले मलाई टाढा सम्म हेरिरहिन।
अर्कोदिन म मलिनो र दुःखी अनुहार बनाउँदै उनको दुखाई बुझ्ने कोसिस गरेँ, उनी उस्तै। म चकित भए। मेरा सबै प्रयास असफल। या त उनले मेरो भावना बुझिनन् या मैले उनको । उनलाई बुझ्ने प्रयास चाहिँ गरिरहेँ।

समस्या नै परेर होकी? भनेर आर्थिक पक्ष सोधें।
बल्ल उनको अनुहारमा चमक आयो। फिस्स हाँस्दा टिल्लिक दाँत चम्किए। मेरो खुसीको सीमा रहेन। मनमा लड्डु नै पाकें। उनको हातमा आर्थिक सहयोगको पोको राखिदिए। उनी झन् मुस्कुराइन् । म संग बोल्ने शब्द नै थिएन।

दुईचार दिन कामको सिलसिलामा म गाउँबाट बाहिर गए। फर्कने बित्तिकै ठिटीको मुस्कान हेर्न आँखाहरु आत्तिएँ।

आँखामा उनको अनुहार जुध्ला भनेको त , ” हैट !! उल्टै गाउँलेहरुले खासखुस गरेको सुनें। लुटी नी ठिटीले।”

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...