Friday 23rd January 2026

प्रतिमा शिवाकोटी (उप्रेती)को गजल संग्रह, भाग – ३४


भन प्रिया अझै कति, दादागिरी चल्छ तिम्रो ?
यो पाराले अल्पायुमै,शासन सत्ता ढल्छ तिम्रो।

अन्यायको विरुद्धमा,एकदिन सबै जुटे भने,
न्यायलाई खोजि गर्न,गाउँ बस्ती जल्छ तिम्रो ।

घर परिवार,छरछिमेकी,ईष्टमित्र साथी भाइले,
आहा कति राम्रो भन्या,त्यस्तो कुनै पल्‌ छ तिम्रो?

रिस,राग, डाह, ईर्श्या गरि,भित्र भित्रै मुर्मुरिइ,
अरुको त्यो प्रगतिमा,किन मुटु जल्छ तिम्रो ?

जति मै हुँ बन सानु, समयले धोका दिँदा,
बलियो त्यो भाग्य पनि,आफ्से-आफ गल्छ तिम्रो ।

प्रतिमा शिवाकोटी (उप्रेती)
भुम्लु गा.पा ८, भुम्लुटार,काभ्रेपलान्चोक ।
(रचना: २०७८ फाल्गुन ०९ सोमबार )


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...