Tuesday 31st March 2026

कल बाइपास गरेको आरोपमा बानेश्वरबाट ३६ चिनियाँ पक्राउ


तीतोपाटी डटकम-प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।प्रहरीले सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले चिनियाँ नागरिक पक्राउ गरेको हो।

केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।

‘कल बाइपासमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो, यसबारे अनुसन्धान भइरहेको छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने।

पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको सेतोपाटीले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...