Friday 11th September 2026

‘डिस्को किङ’ बप्पी लहरी उर्फ बप्पी दा को ६९ वर्षको उमेरमा निधन


भारतका ‘डिस्को किङ’ले प्रख्यात गायक एवं संगीतकार बप्पी लहरीको मंगलबार राति मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको छ । ६९ वर्षका लहरी विगत लामो समय देखि बिरामी परेका थिए । सोमबार मात्रै एक महिना अस्पतालमा उपचार गराएर घर फर्किएका उनलाई पुन: समस्या भएपछि अस्पताल लगिएको थियो ।

सत्तरी र असीको दशकमा धेरै लोकप्रिय गीतहरुको कम्पोज गरेका उनी ‘सिक्रोनाइज डिस्को’ संगीतका लागि चिनिन्थे भने उनलाइ बप्पी लहरी भन्दा पनि “बप्पी दा” भनेर सबैले चिन्दथे ।

उनको लोकप्रिय गीतमा चलते-चलते, डिस्को डान्सर, सराबी कि धूम आदी रहेका छन् । सुनको गरगहना लगाउन निकै सोख रहेको थियो । बप्पीले बलिउडमा मात्रै नभइ हलिउडका फिल्ममा पनि संगित दिएका छन् । बलिउडको संगितलाई डिजिटल बनाउनमा उनको ठूलो योगदान रहेको छ ।

बप्पीले सन् २०१४ देखि राजनीतिमा संलग्न भएका उनी २०१४ मै बीजेपीबाट लोकसभाको उम्मेदवार पनि भए पनि निर्वाचनमा पराजित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...