Saturday 4th April 2026

बलिउडका चर्चित नायक सलमान खान नेपालमा सांगीतिक कार्यक्रम गर्न काठमाडाैं आउने


लिउडका चर्चित नायक सलमान खान आगामी वैशाख ३ गते काठमाडौं आउने भएका छन् । काठमाडाैं स्थित दशरथ रंगशालमा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन् ।

१० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा ल्याएर सांगीतिक कन्सर्ट गरेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको हो ।यसअघि ०७४ फागुन २६ गते सलमानखान काठमाडौंको टुँडीखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भएको थियो । उनका भाइ सोहेल खान काठमाडौं आई पत्रकार सम्मेलन गरी सलमान बस्ने होटल, कार्यक्रमस्थल, सुरक्षाको अवस्थाबारे जानकारी लिई फर्किसकेका थिए । त्यसबेला अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।

त्यसै बेलाको सम्झौताअनुसार, यसपटक सलमान खान नेपाल आउने पक्कापक्की भएको हो । एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो । सलमान खानको कार्यक्रम गर्ने स‌ंस्थाले त्यसबेला आयोजकबाट लिएको बैना रकम फिर्ता नगरी कार्यक्रम नै गर्ने सम्झौता गरेकाले यो कार्यक्रम आउने वैशाखमा रंगशालामा हुने भएको हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...