Friday 4th September 2026

अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ युएई जाने, भ्रमणबारे राजदुतसँग छलफल


काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब ईमिरेट्स (युएई) जाने भएका छन् ।

यसै बिच नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युएईका राजदूत साइद हमदान अल नाकीसँग आइतवार छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरे ।अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको अवसर प्रदान गर्न, भीसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिन तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट सहयोग गर्न समेत आग्रह गरे ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन पनि युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्रीले छलफलका क्रममा बताएका छन् ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताएको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बताएको छ ।

मन्त्री श्रेष्ठले युएई भ्रमणको क्रममा नेपाल–युएई संयुक्त समितिको वैठक पनि आयोजन गर्ने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...