Tuesday 10th March 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ८


स्रष्टा परिचय

नाम : रन्जुश्री पराजुली
जन्म: २००५ काल्धरा ,काठमाडौं
पिता:डा. ठाकुरनाथ भट्टराई
माता : सुशिला भट्टराई
पति :डा . दामोदर प्रसाद पराजुली
छोरा : डा. दीपेन्द्र पराजुली
छोरी: इ. लुना पराजुली अअधिकारी।

सम्बदद्द्ता
१ ,नेपाल बालसाहित्य समाज आजीवन सदस्य
२, सुनकोसी साहित्य प्रतिस्ठान आजीवन।सदस्य
३, गिता समुदय प्रकशन आजीवन सदस्य
४, नारी साहित्य केन्द्र आजीवन सदस्य
५, बनिता प्रकाशन आजीवन सदस्य
६, केटाकेटी प्रतिस्ठान आजीवन सदस्य
७, नियात्रा समाज आजीवन सदस्य

प्रकिशित कृतीहरु

प्रौढ तर्फ
१, कृतिविवेचना समालोचना सङ्गह प्रकाशक सुनकोसी साहित्य प्रतिस्ठान २०५७
२, विदेश्मा बिताएका केही बर्ष नियात्रा सङ्ह – प्रकाशक नेपालरिसर्च एसोसिएट – ३०४१
३, परिस्थिती सङ्ग अल्मलिदा – कथा संग्रह – बनिता प्रकाशन २०६२
४, नेपाली बालसाहित्यको नालिबेली- बाल्साहित्य सम्बन्धी खोज मुलक कृती– बिवेक शिर्जनशिल प्रकाशन – २०६८
५, स्वप्न स्पर्श– निजात्मक निबन्दह सङ्ह — वोरिएन्टल प्रकशान २०७१
६,घाइते मनि प्लान्ट – लघुकथा संग्रह -२०७५ बि . एन प्रकाशन
७, “जीउँदो सती प्रथा” प्रकाशोउन्मुख लगुकथा
बाल साहित्य
२, दस थुङाफुल – बालकथा सङ्ग्रह – साझाप्रकशन – २०३९
२, सबै आमाका सन्तान – बालकथा सङ्ग्रह – लुना प्रकाशन २०४८
३- अन्धबिश्वाश – बालकथा सङ्ग्रह – सझा प्रकाशन -२०५४
४ – भुन्टी बाघ – बालचित्र कथा- रमाइलो किताव सन् १९९८
५- मित्तरी गाउँ – बालकथा सङ्ग्रह — रत्नपुस्तक भन्डार – २०६२
६- कथाबाटिका – बालकथा सङ्ग्रह – सझा प्रकाशन -२०६१
७ – चिम्पु र घडी – बालचित्र कथा – रुम टु रिड – २०६०
८ – अन्तरे र मन्तरे- बाल चित्र उपन्यास – विवेक शिर्जनशिल प्रकाशन २०६७
९- केही महापुरुष – बाल पौराणिक पात्र सङ्ग्रह – शब्दार्थ प्रकशान २०७०
१० – हरियाली – बालउपन्यास – रत्नपुस्तक भन्डार- २०५८.
११ – राजकुमारी काया ( अङ्ग्रेजी तथा नेपाली) बालकथा सङ्ग्रह – बुक आर्ट प्रकाशन २०७४
१२- टाटे पाग्रे – सह लेखन – बलकथा सङ्ग्रह – पाठ्यक्रम विकासबाट प्रकाशित २०५७ को सझा पुर्स्कार प्राप्त।
१३- महाभारत – बालकथाको रुपमा ,प्रकाशक – शब्दार्थ प्रकाशन २०७६
बाल्कथाहरु अङ्रेजी ,हिन्दी चाईनिज आदि भाषामा अनुदित भएका छन्

सम्मान तथा पुरस्कार
१- सार्क बालिका बर्ष १९९०मा नेपाल बालसहित्य समाजले आयोजना गरेको कथा प्रतियोगितामा पुरस्कृत ।
२- समाजकल्याण मनत्रालयद्वारा प्रदान गरिने नगद पुरस्कार २०५५ मा प्रप्त
३ – शिशु सेवासमिती बिराटनगरद्वारा बाल लसाहित्य पुरास्कार२०५७ मा प्राप्त ।
४- उन्नयन त्रैमासिकसाहित्य पत्रीकाद्वारा बर्षको उत्कृष्ट निबन्धको लागी शिवप्रसाद उन्नयन पुरस्कार पार्प्त २०५७
५- बर्षको उत्कृष्ट बालकथा सङ्ग्रह टाटेपाङ्रेको लागी( सह लेखन ) २०५७ सालको साझा पुरस्कर प्राप्त।
६ – त्रिमुर्ती निकेतनद्वारा बिश्व नेपाली नारीसाहित्य सन्मान तथा पदकद्वरा सन्मानित- २०७१ जेठ १६”
७ – रमेश विकल प्रतिस्ठानद्वारा – रमेश विकल बाल साहित्य पुरस्कर प्रप्त २०७१ पौष ५ गते
८ – बनिता साहित्य प्रकाशनद्वारा- देवकुमारी थापा बालसाहित्य पुरस्कर प्राप्त २०७१ कार्तिक १ गते।
९- पध्मकन्या क्याम्पस नेपाली शिक्षण समितीद्वारा सन्मान तथा अभिवादन २०७२ भद्रा २८ गते।
१० – चुनदेवीसङ्ह बाँसबारीद्वारा अभिनन्दन तथा सन्मान २०७२ मङ्सिर १६ गते ।
११- “संसाक यात्री नियात्रा सम्मान” २०७८।
१२ – साहित्य प्रवर्धन केन्द्रद्वारा ” निर्मला प्रेम बालसाहित्य” स्म्मान २०७७।
१३ – ” गोधुली साहित्य प्रतिष्ठान ,” बागबजारबाट २०७५ फागुन १९ गते” गोधुली साहित्य अभिनन्दन ” ।
१४ – भद्रकुमारी घले सेवासदन देवी नगर वडा नं१० बाट ” भजनकुमारी गुरुङ पुरस्कार” प्राप्त।
१५- कार्तिकेरी ट्रस्ट स्थापित १९९९ द्वारा” लेखक/ अनुशन्धाता सम्मान २०७४ प्राप्त ।
१६- का. महानगर पालिका वडा नं ३ बाट शैक्षिक क्षेत्र र साहित्यको क्षेत्रमा बिशेष योगदानको कदर गर्दै का. म. न वडा नं ३ बाट २०७५. फागुन २४ रोज ६ समानित।

लघुकथा
आराधना

छ्ठपर्वको सर्वत्र उल्लासमय वातावरण थियो ।पहाडी मुलका शन्तकुमार जागिरको शिलशिलामा यताउता भौतारिदै गर्दा तराई तिर लोभलाग्दो निजी कंम्पनिमा काम पाएर परिवार सहित त्यतै जनकपुर बसाइँ सरे । संस्कृती प्रधा देश भएकोले समाजमा चहाडपर्वको आवत जावत भै रहने परंपरा भएको हुनाले दसै सकिए लगत्ततै छठ आयो । उनको सानो छोरा राजु त्यही जन्मी हुर्कीएको ले उस्लाई आफ्नोघरमा मनाएको दसैभन्दा छठचहाड रमाईलो लाग्छ ।त्यहा छरछिमेक साथी भाइको घरमा प्रसादको लागि पकाएको विशेष प्रकारको ठोकुवा रोटी आप्ग्नो घरमा तिहारमा पकाएको सेल भन्दा मीठो लाग्छ । उ ठिपी गरेर आमालाई आफ्नो घरमा पनि त्यो परिकार पकानु भन्छ।
दस बर्षको उ ” हामी पाठ्पुजा गर्छौ ।भगवानलाई फुल प्रसाद चढाएर आराधना गरछौ ।तर पुजागरिसके पछि फोहर त्यसै छोडिदिन्छौ ।छठीया माईको आराधान गर्न नदी नाला सबै तिर सफा गर्छै ।तर पुजा पछि जस्ताको तस्तै छोडिदिन्छौ किन होला ?” यो कुरा देखाउन म तपाईलाई एउटा तस्पिर देखाउछु है ” भन्दै उस्ले एउटा नदीपुजा गर्ने देश र नदी पुजा नगर्ने देश भनेर देखाएको पत्रीकाको तस्पिर ल्याएर मलाई देखायो ।त्यस्मा नदी पुजा नगर्ने देशको नदी सफा कञ्चन , यात्रुहरुले डुङ्गा चडेर रमाई रहेको थियो ।हाम्रा भएका नदी नालाहरु फोहर ,दुर्गन्धित,कतै त मान्छेहरु दिशा पिसाव गरिरहेका पनि देखिएका थिए ।
छोराले देखाएको तस्बिर हेरेपछी उनले आफू केटाकेटी हुदाँ पशुपति नाथ परिसरमा सदवीज छर्न बाबा आमासङ्ग जाँदा देखेको प्रदुषण युक्त्त वातावरण र आलो मानव विष्टामा बाबाले टेक्दै सतबिज छरेको झलझली याद आयो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...