Sunday 27th September 2026

ग्रिस जाने क्रममा ज्यान गुमाएका २ नेपालीको शव ल्याइयो


ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ ।

मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमानजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो ।

उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र घिरिङ गाउँपालिका–५ तनहुँका ओमबहादुर थापाको शव गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा बुधबार काठमाडौं ल्याइएको हो ।

एनआरएनए टर्किका अध्यक्ष उज्वल कुमार घिसिङका अनुसार ग्रिसमा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये रमिला घले र ओमबहादुर थापा श्रम स्वीकृति नलिई गएकाले एनआरएनको सहयोमा शव पठाइएको हो ।

घिसिङ भन्छन्, ‘एनआरएनले विभिन्न सहयोगदाता र संस्थागत सहयोगसहित ७ हजार २ सय यूरो संकलन गरेर २ जनाको शव नेपाल ल्याउन सकिएको हो ।’

रसुवाकी रमिला घलेको काठमाडौंको स्वयम्भूमा बौद्व संस्कार अनुसार अन्त्येष्टि गरिएको मृतकका दाई विरवल घलेले नेपालवाचलाई बताए ।
त्यस्तै तनहुँका ओमबहादुर थापाको शव विमानस्थलमा बुझेर अन्त्येष्टिका लागि तनहुँ लगिएको छ ।

दुर्घटनामा मृत्यु भएका कैलालीका लक्ष्मण सापकोटा र दोलखाका राजु लामाको शव भने नेपाल सरकारको श्रमिक कल्याणकारी कोषबाट माघ १२ गते नै नेपाल ल्याइएको थियो ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...