Sunday 27th September 2026

बहराईन पुर्याइ महिला बेच्ने एजेन्ट २० वर्ष पछि पक्राउ


काठमाडौं – २०५८ सालमा अस्पतालको कामका लागी भनि बहराईन पुर्याइ नेपाली महिलालाइ बेचबिखन गर्ने खोटाङका चन्द्र दिप राइ २० वर्ष पछि पक्राउ परेका छन् । राइले बहराईनको अस्पतालमा बिरामीको स्याहार सुसार गर्ने काममा पठाउछु भनि ति महिलालाइ ५ सय बहराइन दिनार (८ सय अमेरिकन डलर)मा बेचेका थिए ।

मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रबक्ता प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाका अनुसार राइले ५० हजार रुपैया लिएर ति महिलालाइ बहराइन पठाएका थिए ।

ति महिलालाइ अल हुब्बेल म्यानपावर एजेन्सीका संचालक अब्बस ए. आर. अल्वासरीले बहराइन बिमानस्थलबाट बुझेर बहराईनी महिलालाइ बेचेका थिए । ति नेपाली महिलाले अस्पतालको काम भनि ल्याई घरको काम लगाएकोले काम गर्दिन भनेर भनेकी थिइन । त्यस पछि उनलाइ नेपालको मिडिल ईष्ट मेनपावरले तिमीलाइ बेचेको भन्दै कुटपिट गरिएको थियो । उनलाइ खाना समेत नदिई यातना दिएको ब्यूरोले बताएको छ । यौन शोषण गर्ने समेतको प्रयत्न गर्ने गरेको ब्यूरोको दावी छ ।

ति महिलाइ नेपाली राजदुतावासको सहयोगमा २०५९ श्रावणमा नेपाल फर्काइएको थियो ।
यसरी नेपाली महिलालाइ बहराइनमा बेचेर फरार भएका राइलाइ ब्यूरोले पुस २१ गत २०७८का दिन काठमाडौंमा पक्राउ गरेको हो ।

५२ बर्षिय राइलाइ जीउ मास्ने बेच्ने कार्य ( नियन्त्रण) ऐन, २०४३ बमोजिम कारवाही गरिने छ ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...