Thursday 2nd April 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ३२


निति नियम कुल्चिएर, यो देश नै चले पनि।
कठै भन्ने कोहि छैन, जिउँदो लास ढले पनि।

लोभ,स्वार्थ ,घमण्ड र, पापै पापले भरिएको,
राष्ट्रमा ती जनताका, सबै खुशी जले पनि।

जान्ने सुन्ने मै हुँ भनी, एकाधिकार जमाएर,
विधि बिधान लत्याउँदै, सोझालाई छले पनि।

सभ्य समाज निर्माणको, खातिरमा रोपिएको,
अमृतको बोटमा हजुर, विषै विष फले पनि ।

अन्याय र अत्याचार त्यो, सहनलाई नसकेर,
शिर देखि पाउ सम्म, फतक्क भै गले पनि।

प्रतिमा शिवाकोटी उप्रेती
भुम्लु गा.पा.८ भुम्लुटार(झिगटी टोल)
काभ्रेपलान्चोक,बागमती प्रदेश ।
(२०७८माघ १५ शनिवार )


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...