Friday 16th October 2026

नुवाकोट समाज दक्षिण कोरियाद्वारा एम्बुलेन्स हस्तान्तरण


काठमाडौं । नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट जिल्लालाई सहयोग पुग्ने गरी मदानपुर युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

करिब रु ११ लाख मूल्य परेको ( करकट्टी कटाएर) एम्बुलेन्स खरिदका लागी नुवाकोट समाज दक्षिण कोरियाले करिब छ लाख सहयोग गरेको थियो । बाकी पैसा भने मदानपुर युवा क्लवले व्यवस्थापन गरेको हो ।

समर्पण बस्ती सुधार समितिको प्राङ्गणमा आयोजित एक समारोहबीच नुवाकोट समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रंजन राज कुँवर, नुवाकोट समाज दक्षिण कोरियाका पूर्व अध्यक्षद्वय गोकर्ण रिजाल, राज दोङ, परशुराम फुयाँल, माधव फुयाँल, बजिर बुढाथोकी र संस्थाका पूर्व सचिव यदु कुमार गिरीले एम्बुलेन्सको साँचो मदानपुर युवा क्लवका प्रतिनिधि प्रकाश अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा समर्पण बस्ती सुधार समितिका अध्यक्ष कर्ण बहादुर शाही , टुकनाथ ढकाल, रवीन्द्र ढकाल र जेष्ठ नागरिक जीवनाथ पौडेल लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बेलकोटगढीमा एम्बुलेन्स सञ्चालनमा आएपछि इमर्जेन्सी बीमारी, गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...