Tuesday 20th October 2026

एनआरएनको उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि डेलिगेट्स सूची तयार गर्ने


काठमाडौँ – गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ।

यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो।

प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिको मंगलबार बसेको बैठकमा संयोजक घलेले अहिले सम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनले डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न १० दिन समय थप्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।

त्यस्तै बैठकले कानुनी परामर्श समिति र एमआइएस (मेम्बर्शिप इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । संयोजक घलेसंग परामर्श गरी दुवै समितिहरु गठन गर्ने जिम्मा अध्यक्ष कुमार पन्तलाई दिइएको छ ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...