Tuesday 29th September 2026

एनआरएनको उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि डेलिगेट्स सूची तयार गर्ने


काठमाडौँ – गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ।

यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो।

प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिको मंगलबार बसेको बैठकमा संयोजक घलेले अहिले सम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनले डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न १० दिन समय थप्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।

त्यस्तै बैठकले कानुनी परामर्श समिति र एमआइएस (मेम्बर्शिप इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । संयोजक घलेसंग परामर्श गरी दुवै समितिहरु गठन गर्ने जिम्मा अध्यक्ष कुमार पन्तलाई दिइएको छ ।


सम्बन्धित शीर्षकहरु

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

प्रतिकृयाहरू
...