Sunday 27th September 2026

नेपालमा सेवन गरेको लागूऔषधको मात्रा कोरियाको स्वास्थ्य जाँचमा देखिएपछि एक नेपाली फर्काइदै


तीतोपाटी, काठमाडौं – रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया पुगेका एक नेपालीलाई कोरीया सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ । नेपालमा रहदा ति यूवाले लागूऔषध सेवन गर्ने गरेको र कोरियामा पुनः स्वास्थ्य जाँच गर्दा उनको रगतमा लागूऔषधको मात्रा देखिएको थियो । उनलाइ लागूऔषधको कसुरमा दक्षिण कोरियाले डिपोर्ट (देशनिकाला) गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले मंगलबार सार्वजानिक सूचना जारी गर्दै भनेको छ, ‘कोरिया जानु अघि नेपालमा लागूपदार्थ सेवन गर्नु भएको छ भने कोरिया आएपछि गरिने स्वास्थ जाँचमा तपाईको रगतमा ड्रग्सको मात्रा देखिन्छ जसका कारण नेपाल फर्कनु पर्नेछ ।’
‘इपीएसमार्फत कोरिया पुगेका श्रमिकको स्वास्थ्य परीक्षण गर्दा रगतको पनि जाँच हुन्छ । रगतमा ड्रग्सको मात्रा देखिएमा पुनः परीक्षण गरिन्छ । दोस्रो पटक पनि ड्रग्सको मात्रा देखियो भने यहाँको सरकारले देश फिर्ता पठाइदिन्छ । ’

एनआरएनए दक्षिण कोरियाले कोरिया आउने प्रकृयामा रहेका सवैलाइ सचेत रहन आग्रह समेत गरेको छ ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...