Thursday 2nd April 2026

कविता:जुनकिरी


साँझको बेला बसेको थिए काव्य जुनेली हेरी,
झिप-झिप बत्ती बाल्दै आई जुनकीरी रानी,
यताउता घुङ घुङ गरि धेरै धेरै फिर्फिराई,
घरी तल घरी माथी फिरफिर गरि उडिरही!-१

कता जान्छिन् दिनको बेला यी जुनकीरी रानी,
सधै आउछिन् मेरै घरमा रातको समय छानी,
कीडाहरूमा सर्वोत्कृष्ट राम्रो यिनको बानी,
आज बल्ल सामने पाँए तर बुझिन त खानी!-२

कहाँ हुन्छ यिनको घर के के खाएर बस्छिन्,
खुल्लै आकाशमा उडछिन् या दुला भित्र पस्छिन्,
मात्रै रातीमा किन आउछिन् सानो चिराक बालेर,
दिनमा कहीं बस्छिन् होला पुठ्ठाको ज्वाला फालेर!-३

जुनकीरीको लीला बुझ्न साह्रै गाह्राे हैछ,
सौन्दर्यको विशेषता नै महान हुदो रैछ,
अँध्यारोमा यताउता प्रकाश देखाई हिड्ने,
जस्तो आपत आई परे नि जताततै उड्ने!-४

शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...