Tuesday 10th March 2026

त्रिशूल विधा के हो र कसरी लेखिन्छ?


पुष्कर अथक रेग्मी – कविता,अाख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै अाएको छ । कवितालाई अाकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम कविता
भनिन्छ ।
साहित्यको कविता विधा अन्तर्गत बिभिन्न उपविधाहरू परिकल्पना प्रयोग र प्रस्तावनाहरू हुँदै अाएका छन् । यस्ता उपविधाहरू द्विपदीय, त्रिपदीय, चतुष्पदीय,पंचपदीय र षष्टपदीयसम्मका रहेका छन् । बिशेषत : हाइकु , सुसेली , बाछिटा ,छेस्का,उदक लगायतका त्रिपदीय उपविधाहरू प्रयोगमा अाइरहेकोमा ‘ त्रिशूल ‘ लाई पनि यश पंक्तिकारद्वारा मिति २०७८ भाद्र २२ गते कुशे अौशीका दिन अर्थात मोति जयन्तीको दिनदेखि कविताको लघुतम उपविधाको रूपमा परिकल्पना प्रस्ताव गरिएको हो ।
त्रिशूल त्रिपदीय लघुतम काव्य संरचनामा लेखिन्छ । यो २ +३+२=७ अक्षर , ३+२+३ = ८ अक्षर र ३+३+३= ९ अक्षरको संरचनामा लेखिन्छ । अर्थात त्रिशूल तीन पंक्ति भित्र सप्तक्षरिय , अष्टाक्षरिय नवअक्षरिय संरचनामा लेखिन्छ । लघुतम काव्यको रूपमा ” त्रिशूल ” को परिकल्पना गरी प्रस्तावित गरिएको छ । त्रिशूल अनुप्राश मिलेका र नमिलेका दुवै शैलीमा लेख्न सकिन्छ । अनुप्रास मिलेका त्रिशूलहरूमा वढी काव्यिक रोचकता पाइन्छ । त्रिशूल लेख्दा रहरले मात्र नलेखी बिम्ब प्रतीक र रसमय अर्थपूर्ण एवं सूत्रबद्ध लेख्ने प्रयास गर्नु पर्दछ । त्रिशूल लेख्ने केही नियम , सूत्र र उदाहरणहरूलाइ यहाँ प्रस्तुत गरिएको छ ।

(१) २+३+२ =७ अक्षर संरचनाका त्रिशूल

(क) अनुप्रास मिलेका त्रिशूल

काव्य
त्रिशूल
भाव्य ।१।

यात्रा
जिन्दगी
जात्रा ।२।

ऐले
मान्दिन
मैले ।३।

( ख ) अनुप्रास नमिलेका त्रिशूल

जय
शंकर
भोले ।१।

अहो
ललाट
मेरो ।२।

कस्तो
समय
रैछ।३।

(२) ३+२+३=८ अक्षर संरचनाका त्रिशूल

(क) अनुप्रास मिलेका त्रिशूल

चटक
कति
पटक ।१।

देउता
ढुङ्गा
एउटा ।२।

लफङ्गो
सारै
धतङ्गो ।३।

(ख) अनुप्रास नमिलेका त्रिशूल

कविता
हुन्छ
रसिलो ।१।

अाहा
नेपाली
ठिटो । २।

यौटा
मान्छेको
साथ ।३।

(३) ३+३+३=९ अक्षर संरचनाका त्रिशूल

(क) अनुप्रास मिलेका त्रिशूल

नयन
भरिको
चयन ।१।

धूपमा
सजेकी
रूपमा ।२।

भन्कियो
भेटमा
सन्कियो ।३।

(ख) अनुप्रास नमिलेका त्रिशूल

कविता
सुनियो
उनको ।१।

पहिलो
बैशाख
महिना ।२।

मन्चमा
गरेको
भाषण ।३।

उल्लेखित तीन सूत्र नियमका अाधारबाट जतिपनि त्रिशूल लेख्न सकिन्छ । अनुप्रास मिलेका त्रिशूलहरू लेख्दा तीनवटा अनुप्रास मिलेका र कुनै दुइवटा अनुप्रास मिलेका त्रिशूल लेख्न सकिन्छ । अनुप्रास नमिलेका त्रिशूलहरूमा पनि पहिलो र दोस्रो त्रिशूलको अन्त्यमा अनुप्रास मिलाउन सकिन्छ जस्ले गर्दा त्रिशूलमा गेयात्मकता अाउँछ ।
त्रिशूल अर्थपूर्ण , स्पष्ट, चोटिलो र संदेशमूलक हुनुपर्दछ । त्रिशूल लेख्दै गर्दा शव्द चयन र भाषाशैली अभिधात्मक हुनु भन्दा बिम्बालकांरपूर्ण लाक्षणिक र व्यञ्जनात्मक भएमा त्रिशूल दमदार रागात्मक , सौन्दर्यमयी काव्य हुन जान्छ । अत: त्रिशूल लेख्न सिकौं । सिकेपछि
हाम्रा त्रिशूलहरूले अचुक काव्यिक प्रहार गर्नेछन् । सिकारू , उदियमान , क्रियाशील, सशक्त , स्थापित , वरिष्ठ साहित्यकार सबैमा त्रिशूल प्रणाम। नेपाली लघुतम काव्यको बिकासमा नवीनतम् योगदान गरौं ।

पुष्कर अथक रेग्मी
परिकल्पनाकार
पाल्पा


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...