Thursday 28th March 2024

गद्य कविता – तिमी बाँचेर हास


तिमी बाँचेर हास

तिमी हास
हास्न पाउनु तिम्रो अधिकार
मन लागेको पहिरनमा
चटक्क ठाँटिएर हिड
मलाई थाहा छ
स्वतन्त्रताको नाउँमा अचाक्ली गर्दिनौ
प्रसव वेदनाको अनुभवी पात्र हौ
अदम्य साहस बटुल
तिम्रा हात,फिला र तिघ्रा ताक्नेलाई
आँखा खोज्न पठाऊ
बाँच्नका लागि मात्रै होइन
यथार्थमा बांच्नुको सार्थकता देऊ
यसो गर्दा
ऊ दुख्छ भने दुख्न देऊ
आजसम्म अरूका निम्ति बाँच्यौ
अब
आफ्ना लागि बाँची हेर
हो, तिमी हासेर बाँच
बाँचेर हास ।

– प्रतिभा पुन (काठमांडु)


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...