Friday 25th September 2026

परदेशमा…..पाइन्छ ।


गजल – “परदेशमा…..पाइन्छ ।”

परदेशमा पैसा भए त किन्न सबै पाईन्छ ।
सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।।

जब यादहरुको पहाड खस्छ मध्यराति ।
पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।।

यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं ।
ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।।

विना आगो जल्ने कस्तो अंङ्ग रहेछ यो ।
परदेशी हरुको प्राय मुटु जलेकै पाईन्छ ।।

निलगगन छिचोल्दै आएका हामी मर्दलाई
लिएर जाने रातो बाकस लस्करै पाईन्छ ।

-माधब पौडेल “असल यात्री” (हाल कुवेत)


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...