Friday 4th September 2026

ओमिक्रोन भेरियन्टको तीब्र फैलावट रोक्न कुवेतमा कडाइ, सरकारी कामकाजमा ५० प्रतिशत भन्दा कमको उपस्थिति, कर्फ्यू नलगाइने


तीतोपाटी – कुवेत सरकारले आगामी बुधबारदेखि लागु हुने गरि सरकारी निकायहरूमा काम गर्ने कर्मचारीको संख्या भौतिक रूपमा ५० प्रतिशत भन्दा नबढ्ने गरि उपस्थित भएर काम गर्ने निर्णय गरेको छ । कुवेतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेर गएपछि हिजो सोमबार बसेको कुवेतको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तारेक अल माजरेमले सरकारले नीजि क्षेत्रलाइ पनि आफ्ना कामदारहरू सीमित गर्न निर्देशन दिएको बताएका छन् । कुवेतमा स्वास्थ्य मापदण्डहरूको कडाइ रूपमा पालना गरे पनि कुनै किसिमको कर्फ्यू भने लगाइने छैन ।

भाइरसको तीब्र फैलावट रोक्नको लागि विभिन्न सम्मेलनहरू र बैठकहरू अनलाइन भर्चुअल माध्यमबाट मात्र संचालन गर्न तथा सार्वजनिक यातायातमा ५० प्रतिशत मात्र यात्रु राख्न एवं राष्ट्रव्यापी खेलकुद स्थलहरू, जिम तथा सैलुनहरूमा पूर्ण खोप लगाएकाहरूलाइ मात्र अनुमति दिने पनि प्रवक्ता माजरेमलाइ उधृत गर्दै अरब टाइम्सले समाचार प्रकाशित गरेको छ ।

सरकारले गरेका हिजोको निर्णयको संक्षिप्त टिपोट

निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्न कार्यस्थलमा कामदारको संख्यालाई सकेसम्म कम गर्ने ।
नर्सरी र बाल क्लबहरूमा कर्मचारीहरूलाई पूर्ण रूपमा खोप लगाइनुपर्छ र स्वास्थ्य आवश्यकताहरू पालना गर्नु्पर्ने ।
आन्तरिक बैठकहरू, सम्मेलनहरू र पाठ्यक्रमहरू अर्को सूचना नभएसम्म अनलाइन गर्ने
सार्वजनिक यातायातले ५०५ यात्रु बोकेर सञ्चालन गर्ने ।
खोपको खुराक पूरा गरेका र स्वास्थ्य आवश्यकताहरू पालन गर्नेहरूका लागि खेलकुद प्राधिकरणका गतिविधिहरू संचालन गर्ने
ब्यूटी सैलुन, नाई पसल र हेल्थ क्लबहरूमा कामदारहरू र आगन्तुकहरूलाई पूर्ण रूपमा खोप लगाएकाहरूले मात्र प्रवेश पाउने ।
सरकारी निकायहरू लागि तय भएका बुकिङ तथा एपोइन्टमन्ट सबै अनलाइन एप मार्फत गर्ने ।
कुनै किसिमको कर्फ्यू वा लकडाउन नगरिने ।
५ वर्ष माथिका सबैका लागि छिट्टै नै खोपको व्यवस्था गरिने ।

उपरोक्त निर्णयहरू भोली बुधबारदेखि लागु हुने र अर्को सूचना नभएसम्मका लागि कायम रहने छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...