Thursday 28th March 2024

“बतास”


====बतास====

के को चक्करमा बतास कँहाबाट आयो ।
दरवार परिसरमा बतास कँहाबाट आयो ।।

रित्तै आयो कि यो आयो ओखती बोकेर ।
कोरना कहरमा बतास कँहाबाट आयो ।।

हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित ।
सर्वत्र खबरमा बतास कँहाबाट आयो ।।

कानले पनि सुनिने आँखाले पनि देखिने ।
सबैको घरघरमा बतास कँहाबाट आयो ।।

कफी गफ दिदै थियो त्यो वैगुनी केटोले ।
आलेको नजरमा बतास कँहाबाट आयो ।।

-माधब पौडेल असल यात्री (हाल कुवेत)


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...