Saturday 31st October 2026

कुवेतमा कोरोना संक्रमण बढे संगै नेपाली कार्यक्रमहरु स्थगित


तीतोपाटी – कुवेतमा कोरोना संक्रमण बढे सँगै नेपाली कार्यक्रमहरू स्थगित हुने भएका छन् । कुवेत सरकारले कोरोना संक्रमण बढे पछि भेला जम्मा हुने प्रकृतिका कुनै पनि गतिविधि गर्न रोक लगाए पछि कुवेतमा कृयाहिल संघ संस्थाका समुदाय केन्द्रीत सार्वजनिक कार्यक्रमहरू गर्न असहज भएको हो ।

यसै विच नुवाकोट धादिङ रसुवा समाज कुवेतको अागामी शुक्रबार गरिने भनिएको दोस्रो अधिबेशन स्थगित भएको छ। आउदो जनवरी १४ शुक्रबार दोस्रो अधिबेशन, चौथो वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गर्न तयारी गरिएको भए पनि कुवेतमा बढदो कोरोना भाइरस संक्रमणका कारण कुवेत सरकारले जारी गरेको सर्कुलर र स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै स्थगित गरिएको समाजका महासचिव अभिनास तामाङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएकोछ।

त्यसै गरि नेपाल मगर संघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सग्राँती” आगामी १४ जनवरी २०२२ का दिन मनाउने भनिए पनि कोभिड-१९ को कारण स्थानीय सरकारले कुनै पनि सार्वजनिक स्थानहरुमा भेला हुन निषेध गरे पछी अनिश्चित कालको लागि स्थगित गरेको छ।

संस्थाका अध्यक्ष मनु मगरको अध्यक्षमा कुवेतको मंगाफस्थित सभा हलमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो।

कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने भनिएको माघे सग्राँती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भनिएको र निमन्त्रणा पत्र पनि तयारी अवस्थामा रहेको बेला एकाएक परिस्थिती बदलिन पुगेकोमा दु:ख लागेको अध्यक्ष मनु मगरले बताउँदै परिस्थिती सामान्य भए पछी मगर संघ कुवेतले वृहत कार्यक्रम गर्ने पनि बताएका छन।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...