Saturday 10th October 2026

कुवेतमा कोरोना संक्रमण बढे संगै नेपाली कार्यक्रमहरु स्थगित


तीतोपाटी – कुवेतमा कोरोना संक्रमण बढे सँगै नेपाली कार्यक्रमहरू स्थगित हुने भएका छन् । कुवेत सरकारले कोरोना संक्रमण बढे पछि भेला जम्मा हुने प्रकृतिका कुनै पनि गतिविधि गर्न रोक लगाए पछि कुवेतमा कृयाहिल संघ संस्थाका समुदाय केन्द्रीत सार्वजनिक कार्यक्रमहरू गर्न असहज भएको हो ।

यसै विच नुवाकोट धादिङ रसुवा समाज कुवेतको अागामी शुक्रबार गरिने भनिएको दोस्रो अधिबेशन स्थगित भएको छ। आउदो जनवरी १४ शुक्रबार दोस्रो अधिबेशन, चौथो वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गर्न तयारी गरिएको भए पनि कुवेतमा बढदो कोरोना भाइरस संक्रमणका कारण कुवेत सरकारले जारी गरेको सर्कुलर र स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै स्थगित गरिएको समाजका महासचिव अभिनास तामाङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएकोछ।

त्यसै गरि नेपाल मगर संघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सग्राँती” आगामी १४ जनवरी २०२२ का दिन मनाउने भनिए पनि कोभिड-१९ को कारण स्थानीय सरकारले कुनै पनि सार्वजनिक स्थानहरुमा भेला हुन निषेध गरे पछी अनिश्चित कालको लागि स्थगित गरेको छ।

संस्थाका अध्यक्ष मनु मगरको अध्यक्षमा कुवेतको मंगाफस्थित सभा हलमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो।

कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने भनिएको माघे सग्राँती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भनिएको र निमन्त्रणा पत्र पनि तयारी अवस्थामा रहेको बेला एकाएक परिस्थिती बदलिन पुगेकोमा दु:ख लागेको अध्यक्ष मनु मगरले बताउँदै परिस्थिती सामान्य भए पछी मगर संघ कुवेतले वृहत कार्यक्रम गर्ने पनि बताएका छन।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...