Saturday 10th October 2026

कुवेतमा एकैदिन २२४६ जना कोरोना सक्रमित पुष्टि, स्वास्थ्य प्रोटोकलको पालनामा कडाइ


तीतोपाटी – कुवेतमा पछिल्लो २४ घण्टामा २२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा दैनिक संक्रमित भेटिएको यो संख्या कोरोना महामारी शुरू भए यताकै सबै भन्दा बढि हो ।

कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन देखिए यता पछिल्लो पटक विश्वभर नै दैनिक रूपमा धेरै सक्रमितहरू पुष्टि भइरहेका बेला कुवेतमा दैनिक २ हजार भन्दा बढि संक्रमित भेटिए पछि स्वास्थ्य मापदण्ड पालना गराउन निकै कडाइ गरिएको हो ।

कुवेतमा पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने हाल आइसीयूमा ७ जना र अस्पतालहरूमा ४० जना विरामी भर्ना भएका छन् भने ८०८८ सकृय संक्रमितहरू रहेका छन् ।

कुवेत सरकारले कोरोनाको बढ्दो लहरलाइ इंगित गरि आगामी आइतबारदेखि लागु हुने गरि आगामी फेब्रुअरी २८ तारिक सम्मका लागि कुनै पनि किसिमले भेला जम्मा हुन रोक लगाएको छ ।

कुवेत नगरपालिकाले स्वास्थ्य प्रोटोकलहरूको कडाईका साथ लागू गरिने जनाउँदै त्रिपाल तथा होटलहरूमा हुने वैवाहिक समारोहहरू, समाधिस्थलका हलहरूमा हुने जमघटहरू नगर्न नगराउन निर्देश जारी गर्दै ठुला व्यापारिक मलहरू, रेष्टुरेन्ट, सिनेमाघर, मस्जिद, यातायातका साधनहरूमा हुन सक्ने भिडभाडलाइ मध्यनजर गर्दै कडा निगरानी गर्ने जनाउँदै हिजोदेखि नै निरिक्षण चेक जाँच शुरू गरेको छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...