Wednesday 2nd July 2025

चीनको सबैभन्दा लामो पानी मुनीको सुरूङमार्ग सवारीका लागि खुला


चीनले निर्माण गरेको चीनकै सबैभन्दा लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ । १०.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ । यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ । चीनले ४ वर्ष अघि निर्माण गरे पनि अहिलेसम्म राजमार्गको रूपमा खुला गरिएको थिएन ।

जियाङसुका सरकारी अधिकारीहरुका अनुसार सुरुङ ९.९ अर्ब युआन अर्थात् १.५६ अर्ब डलरमा निर्माण भएको हो । निर्माण कार्य २०१८ को जनवरी ९ मा सुरु भएको थियो । सुरुङको सिलिङमा रङ्गीचङ्गी एलईडी बत्ती राखिएका छन् । चालक नथाकुन् भन्ने उद्देश्यले यस किसिमको ढाँचा तयार पारिएको हो ।

यो सुरुङ ४३.९ किलोमीटर चाङझोउ–वुसी हाइवेको एक अंश हो । यो २०२१ को ३० डिसेम्बरम सर्वसाधारणका लागि खुलेको थियो । यसले सांघाई र नानजिङबीचको यात्रालाई वैकल्पिक मार्ग दिने छ ।

सुझोउ, उसी र चाङझोउ जोड्ने यो सुपरमार्गलाई लेक ताइहुसँगैका सहरहरुमा सवारी चाप नियन्त्रण गर्नका लागि बनाइएको हो । यसले याङजे रिभर डेल्टा क्षेत्रका सहरहरुको आर्थिक विकास प्रवद्र्धनका लागि सहयोग पनि गर्नेछ ।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...