Friday 19th April 2024

कुवेतबाट दलित कोटामा मनोनित केन्द्रीय सदस्यका आकांक्षी राजेन्द्र ‘विरही’


तीतोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा झण्डै २ दशकदेखि कुवेतमा रहेका तनहुँका राजेन्द्र रसाइली ‘विरही’ यतिखेर निकै आशावादी देखिएका छन् । उनको आशा वैदेशिक रोजगारीमा नभएर भरखरै १४ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनयनमा परिन्छ कि भन्ने हो ।

अधिवेशनमा निर्वाचित भएका बाहेक केन्द्रीय सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्य पदमा पार्टीको विदेश स्थित भातृ संगठन नेपाली जन-सम्पर्क समितिको तर्फबाट पनि केन्द्रीय सदस्य चुनेमा दलित कोटाबाट आफु पनि मनोनित केन्द्रीय सदस्य हुने अवसर मिल्छ कि भनेर विरही आशावादी भएका हुन् ।

कांग्रेसको बलियो पकड भएको तनहुँ जिल्लाको चुंदी रम्घामा जन्मे हुर्केर स्कुले जिवनदेखि नै कांग्रेसमा आवद्ध भइ कृयाशील रहेका विरही जन्मथलो चितवनबाट बसाइ सरेर चितवन हुँदै हाल काठमाडौं बसोबास गरेपनि उनको राजनैतिक आस्था र सिद्धान्त भने फेरिएको छैन ।

स्कुले जिवनमा ५-६ कक्षा पढ्दा देखि नै नेविसंघ इकाइ सदस्य भएर काम गरेका विरही रोजगारीको शिलशिलामा वि.सं. २०५१ सालमा मध्य पुर्व नेपाल प्रहरी तालिमकेन्द्र भरतपुर चितावनमा भर्ना भइ नेपाल प्रहरी प्रवेश गरेका विरही २०५२ साल फागुनबाट शुरू भएको माओवादी जनयुद्धको समयमा २०५४ सालमा गोर्खाको रातमाटा प्रहरी चौकीमा काज खटी गएको अबस्थामा माओवादीको एम्बुसमा परि बाच्न सफल भएका राष्ट्रसेवक हुन् ।

त्यसै गरि विंसं २०५६ सालमा लम्जुङ्गको तिनपिपले स्थित चौकीमा काजकै सिलसिलामा खटिदा माओवादीकै एमबुसमा परि अन्य सहकर्मी राष्ट्रसेवकहरूले सहादत प्राप्त गर्दा पनि एमबुसमा घाइते भै बाच्न सफल उनी २०५८ मा दाङ्ग जिल्लाको इलाका प्रहरी कार्यलय लमही रातमाटामा दरबन्दी भै कार्यरत रहँदा माओवादीले इलाका प्रहरी कार्यलय लमहि र सदबरिया बिस्केम एकै पटक आक्रमण गर्दा नेपाल प्रहरीका इनिस्पेक्टर पदम अधिकारीको कमान्डमा रहेका सइ, असइ, हवल्दार र सिपाइ गरि ९ जनाको भिडन्तमा ज्यान गुमेको र आफू लगायत केही प्रहरी बाँच्न सफल भएको बताउने विरही त्यस पश्चात् हरेक प्रहरीलाइ जागिर नछोडे घरपरिवारका सदस्यलाइ मार्ने धम्की दिएपछि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत प्रवेश गरेको बताउँछन् ।

बाल्यकाल मै नेपाली कांग्रेसको समर्थन गर्दै नेपाल विद्यार्थी संघको झन्डा समातेका विरहीले बाध्यताले विदेशिनु परे पनि नेपाली कांग्रेसप्रतिको आफ्नो आस्थालाइ मारेनन् । पार्टी प्रतिको गहिरो लगावको कारण प्रवासबाट पनि सकृय रूपमा पार्टीको लागि सक्दो सहयोग गरि नै रहे । यसै बिच उनी स्वयं, सविन राउत, राजकुमार खड्का लगायतले सन २०११ मा कुवेतमा नेपाली जन सम्पर्क समिति गठन गरि सन २०१४ मा कार्यवाहक सभापति सविन राउतको नेतृत्वमा आफू सह महामन्त्री भएर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ कुवेत ल्याइ पहिलो अधिवेशन गरेको बताउँछन् विरही ।

सस्थापक सभापति राजु खडकाको नेतृत्वमा सह महामन्त्रीको रुपमा कार्य गरेका विरहीको सभापति हुने पालो आउने बेलामा प्रवासमै भएपनि पार्टी कार्यकर्ताहरूको गुटबन्दीको कारण एकापसमा टुक्रिनु भन्दा आफू सभापति नभएर पनि पार्टीको सदस्यता विस्तारमा लागेको बताउँछन् विरही । विचका दुइ कार्यकाल जन सम्पर्क समितिलाइ मजबुत बनाउन लागेका विरही पछिल्लो पटक पार्टीका महामन्त्री पूर्ण बहादुर खड्कालाइ कुवेत ल्याइ गरिएको चौथो अधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् भने उनी सभापति निर्वाचित भएपछि नेपाली जन सम्पर्क समिति कुवेतले पहिलो पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत प्राप्त गर्न सफल भएको छ ।

हुन पनि कुवेतमा निकै सकृय युवाको रूपमा चिनिएका विरही जहाँ पुगे पनि प्रवासी नेपालीको हक, हित र अधिकारको लागि अग्रपंतिमा रहेर काम गर्ने गर्दछन् । उनी जहाँ पुग्छन् त्यहीँ राजनितिक माहोल बन्छ । पार्टीको १४ औ महाधिवेशनमा भाग लिएर कुवेत फर्की सकेका विरही सँग कुराकानी गर्दा अझै केही वर्ष कुवेत बस्ने र कुवेतमा कार्यरत नेपालीहरुको दुःख सुखमा साथ दिने बताउँछन् ।

यतिखेर नेपालमा नेपाली कांग्रेसको केन्द्रीय समिति निर्वाचित भइसकेको छ । केन्द्रीय सभापति शेर बहादुर देउवाले सबै वर्गको कार्यसमिति मनोनित गर्दा विश्व भरकै जनसम्पर्क सभापतिहरु मधे एक मात्र राजेन्द्र रसाइली बिरही दलित वर्गबाट केन्द्रीय समितिमा मनोनितमा पर्लान् त ? के केन्द्रले राजेन्द्र विरहीलाइ दलित कोटाबाट केन्द्रीय सदस्य मनोनित गर्ला त ?


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...