Sunday 27th September 2026

कुवेतमा भारी वर्षा, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध


तीतोपाटी – मध्यपूर्वको देश कुवेतमा शनिबार राती देखि परेको भारी वर्षाका कारण धेरै ठाउँहरूमा पानीको निकास नहुँदा यातायात आवतजावतमा कठिनाइ भएको छ भने अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले नागरिक तथा प्रवासीलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले हाल सडकमा रहेका सवारी चालकहरूलाई सावधानी अपनाउन र कहीं कतै अप्ठेरो परेमा सिभिल डिफेन्स अपरेशन वा ट्राफिक विभागको आपतकालीन नम्बर ११२ वा १८०४००० मा फोन गर्न नहिचकिचाउन आह्वान गरेको खबर अरब टाइम्सले प्रकाशित गरेको छ ।

कुवेत ट्राफिकका सूचना विभाग कर्णेल नवाफ हयानले फ्लाईओभरका ५ वटा भूमिगत बाइपास र १५ वटा सडकमा पानी जम्मा भएकाले बन्द गरिएको बताए । गजाली सुरुङ, चौथो चक्रपथको अल मग्रीब एक्सप्रेस टनेल, जासिम अल खराफी रोडमा रहेको जाहरा इन्डस्ट्रियल सुरुङ, जमाल अब्देल नासेर रोड सुरुङ, फहाहिल तटीय सडकको मुंगाफ सुरुङमा पानी जमेको देखिएको छ । ५० जना सवारी चालकबाट उनीहरूको कार डुबेको र बढ्दो पानीले सडक अवरुद्ध भएको रिपोर्ट प्राप्त भएको थियो।

आइतबार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि उच्च वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यरातसम्म वर्षा हुने र केही स्थानमा कुहिरो लाग्ने सम्भावना क्रमशः कम हुँदै जाने महाशाखाले कुनालाई जनाएको छ ।

हिजो साँझ देखि भएको वर्षाको रेकर्ड अनुसार बिहान १० बजेसम्म कुवेत एयरपोर्ट स्टेसन र सबाह अल-अहमद क्षेत्रमा ३४ मिलिमिटर वर्षा भएको थियो भने देशको उत्तरी भागमा रहेको अव्दली क्षेत्रमा 32 मिमी र अल-जाहरा क्षेत्रमा 28 मिमी रेकर्ड गरिएको छ । देशको पश्चिममा रहेको अल–साल्मी र अल–अदामी क्षेत्रमा २७ मिलिमिटर पानी परेको विभागले जनाएको छ । यसबाहेक, अल-सलमियामा 24 मिमी, कुवेत सिटीमा 22 मिमी, कैफानमा 21.3 मिमी, अल-जब्रियामा 16.5 मिमी, अल-राबिया 23.85 र अल-नुवाइसिबमा 12.8 मिमी रेकर्ड गरिएको छ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...