Thursday 2nd April 2026

पाल्पाको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरूद्वारा स्वास्थ्य सामाग्री वितरण


नारायण कोइराला – पाल्पाको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई प . प. न . मा. वि . २०४२ साल समूहका पूर्व विद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री प्रदान गरेका छन् । विद्यालयको २०४२ साल ए एल सी समूहका बिधार्थीहरूले मास्क, सेनेटराइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सुरक्षा सामग्री ग्रहण गरे लगत्तै विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माले, २०४२ सालका पूर्व विद्यार्थीहरूले सक्रियता बढाउदै गएको, विद्यालयलाइ संझिएर सुझाव सल्लाह सहित विद्यालयमा आई विद्यार्थीहरूलाइ स्वास्थ्य सामग्री प्रदान गरेकोमा गौरवान्वित भएको भन्दै पूर्व विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । बि.सं.२००४ सालमा राणा शासन कालमा पद्मोदय पाल्पा पव्लिक हाईस्कूलको नामले यश विधालयको स्थापना भएको थियो । यस विद्यालयबाट उत्पादित विद्यार्थीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरकै उच्च ओहदामा पुगेका छन् । रजत महोत्सव, स्वर्ण महोत्सव मनाइसकेको विद्यालयले आउँदो वर्ष हीरक महोत्सव मनाउदै छ ।

“आज भन्दा ३ वर्ष अघि २०४२ साल समूहका विद्यार्थी साथीहरू बुटवलमा भेला भइ यो समाज गठन गरेकोे , समाजले पूर्व गुरूहरूलाई सम्मान गरेको , साथीहरूलाई स्वास्थ्य शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको र यसपटक थोरै मात्रै भएपनि स्वास्थ्य सुरक्षा सामग्री विद्यालयलाइ हस्तान्तरण गरिएको हो ।अब विद्यालयले योजनाबद्ध रूपमा गुणात्मक फडको मार्दै पहिलेको साखलाई फेरि ल्याउनु पर्छ र पाल्पाको अव्वल स्कुल हुनुपर्छ “ भनी २्०४२ साल विद्यार्थी समूहका अध्यक्ष पुष्कर राज रेग्मीले बताउनु भयो ।

कार्यक्रममा विद्यालयका शिक्षक , कर्मचारी ,बिधार्थीका साथै समाजका विद्यार्थी सदस्यहरू पशुपति प्रधान , नीना बज्राचार्य , भुनु थापा, दिव्य गोपाल सिंहको समेत उपस्थिति रहेको थियोे ।पुष्कर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य पशुपति प्रधान र संचालन भुनु थापाद्वारा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...