Wednesday 7th October 2026

नागरिक उड्डयन प्राधिकरणको १२ औं तहमा ४ जना बढुवा


तीतोपाटी डटकम- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को १२औं तह उपमहानिर्देशकमा चार जनालाई बढुवा गरिएको छ ।

बुधबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले प्राधिकरणको उपमहानिर्देशकको रुपमा देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुरलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको उमेर हदका कारण हुन लागेको अवकाशको पूर्वसन्ध्यामा उनीहरुलाई बढुवा गरिएको हो । १२औं तहमा बढुवा भएकाहरु ११औं तहका सिनियर अधिकारीहरु हुन् । यस्तै ११औं तहका प्रदीप अधिकारीको भने बढुवा भएको छैन ।

बढुवा भएकाहरुले पत्र भने लिन बाँकी रहेको छ । बिहीबार सार्वजनिक बिदा भएकाले सम्भवत उनीहरुलाई शुक्रबार पत्र दिने प्राधिकरणको तयारी रहेको बताइएको छ ।

क्यापिटल नेपालबाट साभार


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी ‘महाप्रलय’पछि त्रिशूली–३ए, चिलिमेलगायत जलविद्युत् आयोजनामा बेपत्ता कामदारको खोज तथा उद्धारमा नेपाली र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले…

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

प्रतिकृयाहरू
...