Wednesday 17th December 2025

वैदेशिक रोजगारीका प्रमुख सात गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न प्रस्ताव


तीतोपाटी डटकम-नेपालीहरू पुगेका वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ ।
यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको हो ।

विभिन्न सात देशमा प्रहरी सहचारी राख्न भन्दै गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

कुँवरले भने, ‘प्रहरी सहचारीले नेपाली नियोगमा बसेर सम्बन्धित देशको प्रहरीसँग समन्वय गर्दै त्यहाँ पुग्ने र पुगेका अपराधिक गतिविधिमा संलग्न नेपालीहरूको खोज तलासमा सहयोग गर्नेछ ।’

उनले थपे, ‘त्यति मात्र होइन नेपालमै गैरकानुनी काम गरेर त्यहाँ लुक्न पुगेका नेपालीहरूलाई नियन्त्रणमा लिन र भिजिट भिसा लगायत अवैधानिक कामको नियन्त्रणमा पनि प्रहरी सहचारीले सहजीकरण गर्नेछ ।’

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस (डीपीकेओ) मा पनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताइएको छ । हाल भारतमा मात्र नेपाल प्रहरीको प्रहरी सहचारी राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...