Saturday 27th April 2024

फिनल्याण्ड पठाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ


तीतोपाटी, काठमाडौं- फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीय अमित थामी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थामीले फिनल्याण्डमा सेक्युरिटी गार्डको प्रकृया शुरु गराउन शम्भु घले संग १ लाख ५० हजार आफ्नै बैंक खातामा मगाएका थिए । त्यसै गरी थामीले फिनल्याण्ड जाने भिषा, होटल बुकिङको कागज लगायत हवाई टिकट समेत पठाई घले संग पटक-पटक गरी बैक खातामा २१ लाख जम्मा गर्न लगाएको बताइएको छ ।

थामीले पैसा लिए पश्चात मोबाईल अफ गरी सम्पर्कविहिन भएका थिए । आफू ठगीमा परेको आशंका लागि घलेले कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको प्रमाणित भएको थियो ।

पीडित शम्भु घले सहित अन्य पाँच जनाले थामी बिरुद्द महानगरीय अपराध महाशाखामा ठगीको मुद्दा दर्ता गराएका थिए ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...