Friday 16th October 2026

फिनल्याण्ड पठाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ


तीतोपाटी, काठमाडौं- फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीय अमित थामी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थामीले फिनल्याण्डमा सेक्युरिटी गार्डको प्रकृया शुरु गराउन शम्भु घले संग १ लाख ५० हजार आफ्नै बैंक खातामा मगाएका थिए । त्यसै गरी थामीले फिनल्याण्ड जाने भिषा, होटल बुकिङको कागज लगायत हवाई टिकट समेत पठाई घले संग पटक-पटक गरी बैक खातामा २१ लाख जम्मा गर्न लगाएको बताइएको छ ।

थामीले पैसा लिए पश्चात मोबाईल अफ गरी सम्पर्कविहिन भएका थिए । आफू ठगीमा परेको आशंका लागि घलेले कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको प्रमाणित भएको थियो ।

पीडित शम्भु घले सहित अन्य पाँच जनाले थामी बिरुद्द महानगरीय अपराध महाशाखामा ठगीको मुद्दा दर्ता गराएका थिए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...