Thursday 29th January 2026

शोभा आचार्य गौतमको बाल कवितामा षड्ऋतु


षड्ऋतु
बालकविता
आहा चरा

कति राम्रा चरा
हेरि रहू जस्ता
चिचि चुचु गर्दै
आफ्नै भाषा बोल्ने
एक अर्को सङ्गै
उडि कतै जाने।

रुखमा बसेर
माया पिर्ती गास्ने
चिर वीर गर्दै
एक अर्को हास्ने
एक उडि जादा
अर्को पछि लाग्ने।

कति मिलि बस्ने
चाहारा खोजेर
सङ्गै बाडि खाने
घाँस खोजि ल्याई
मिलि गुड बुन्ने
साझ तेहि बस्ने ।

आकासमा उडि
माथि माथि जाने
घुमिफिरि गर्दै
रमाइलो गर्ने
जब साझ पर्छ
आफ्नै गुड फिर्ने।

चर्को घाम भए
रुखमा ती बस्ने
चिचि चुचु गर्दै
घुमि फिरि गरि
चाहारा खाज्दै ती
डाडा काडा घुम्ने ।

साझ परे पछि
गुड फर्कि जाने
के के भयो भनी
आफ्नै भाषा बोल्ने
सङ्गै मिलि बस्ने
बाडि चुडि खाने।

शोभा आचार्य गौतम
काठमाडौँ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...