“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार“
विधा ः- पञ्चाङ्ग
अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला
मिती ः- २०७८/ ०९/ ०६
………………………………………….
प्रशिक्षकः-
सोमनाथ लुइटेल रवि
सुशीला पौडेल
सविता के.सी.
भाषा शुद्धीकरण सुझाव ः-
सुशिला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी
सङ्कलक ः-
सोमनाथ लुइटेल
सविता के.सी.
सहजकर्ता ः-
(महासचिव)
रामराजा के. सी.
======================
आजको अभ्यासमा पैसा, धनसम्पतिलाई विषयवस्तु बनाएर अनुप्रास र स्थायी राखेर पञ्चाङ्ग लेख्न लगाइएकोमा सहभागिता जनाइ पञ्चाङ्ग लेख्नुहुने सबैमा हार्दिक धन्यवाद ।
—————————————–
पञ्चाङ्ग-१
१
पैसा नै रहेछ धनी- गरिब भनेर छुट्याउने
गरिब सानो ठूलो यति उति गनेर छुट्याउने
छुचो नि गराउँछ पैसाले ज्ञानी पनि बनाउँछ
गलत्याउने गर्छ पैसाले कति तानेर छुट्याउने
यहि पैसाको कारणले सधैं छानेर छुट्याउने ।
२
के हो पैसाले गर्दा ऋृणै लाग्ने भयो मलाई
कस्तो समय मेरो दिनै लाग्ने भयो मलाई
हुँदा सबै आफ्ना नहुँदा कोही कहिले छैन
पैसा विनादुश्मनी तिनै लाग्ने भयो मलाई
मरिहत्ते गर्नेको घिनै लाग्ने भयो मलाई ।
-सोमनाथ लुइटेल “रवि पाल्पाली“
पञ्चाङ्ग-२
चाहिन्न भन्थेँ सधैँभरि तुच्छ धन पनि
त्यही धनमा अड्कियो यो मन पनि
किन्दो रहेछ स्वभिमान अभिमान धनले
धनको थिचाइमा हल्का हुने घन पनि
जता धन उतै मुख मोड्ने यी जन पनि ।
-सविता के.सी., काठमाडौं
पञ्चाङ्ग-३
धनले मान किन्न सक्छ, वाहन किन्न सक्छ
को हुन् युधिष्ठिर को हुन् दुर्योधन चिन्न सक्छ
जोडेर धन तोडेर नाता के होला ? जीवन
पश्चात्तापी डढेलोले बनाउन खिन्न सक्छ
मित्रता र आफ्नोपन पार्न छिन्न भिन्न सक्छ ।
-केशब न्यौपाने, नुवाकोट
पञ्चाङ्ग-४
केही इज्जत चाहिँदैन ,पैसामा नै बिक्छन् कोही
पैसाको करामतले ,जीवनभरि टिक्छन् कोही
आपसमा भागबन्डा , ठ्याक्क टुक्क नै मिलेपछि ,
सोझा साझा भनिएका कर्मचारीले सिक्छन् कोही
परे पनि अख्तियारमा मुद्दा छिट्टै झिक्छन् कोही ।
-प्रेम बहादुर थापा, बागलुङ
पञ्चाङ्ग-५
मान्छेको जात गुन गरेर सकिँदैन
जातिको भात नून भनेर सकिँदैन
जात भातका कुरा अब परै गयो नै
वढि भो लात जून सरेर सकिँदैन
बढी नै भे हात सुन टरेर सकिँदैन।
-मधुसूदन प्रसाद घिमिरे, काठमाडौं
पञ्चाङ्ग-६
धन र पैसाले आमाको ममता किन्न सक्छौ ?
के कुरामा मिल्छ आनन्द कहिले चिन्न सक्छौ ?
सँधै धनको मात्र पछि लागेर जिन्दगीमा
संसारदेखि एक्लै भएर तिमी हिन्न सक्छौ
समाज संस्कृति भन्दा कहिँ हुन भिन्न सक्छौ ?
-रामराजा के.सी., काठमाडौं फर्पिङ
पञ्चाङ्ग-७
खुबै देखियो जोवनलाई ठूलो मान्नेहरू !
चारैतर्फ देखिए धनलाई ठूलो मान्नेहरू !
उकाली ओराली जीवनका दुई पाटा नै हुन्,
सच्चा तिनै आफ्नो पनलाई ठूलो मान्नेहरू !
महान ती हुन्छन् मनलाई ठूलो मान्नेहरू !
-आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग-८
धन सम्पत्तिको पछि लागेर हिडेकाछन्,
यहि निहुँमा कति त भागेर हिडेकाछन्।
पैसामै त तौलन थालिएका छनन् सम्बन्ध,
बुवा र आमा बिरामी जागेर हिडेकाछन्
छैन सम्पत्ति भनेर मागेर हिडेकाछन्।
-दुर्गा आचार्य, मोरङ
पञ्चाङ्ग-९
नाङ्गै आईयो नाङ्गै जान्छौँ धेरै धन के गर्नु।
गरिबको अगाडि त्यो निस्ठुरी मन के गर्नु।।
हो चाहिन्छ जिउँन लाई आवश्यक सम्पती।
नचाहिदो बल्छ धन दनदन के गर्नु।।
देशनै बेचि थुपार्न चाहन्छन् झन के गर्नु।।
-लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
पञ्चाङ्ग-१०
कसैको धन लुकाउनु अधर्म हो
नखाइ ज्यान सुकाउनु अधर्म हो
अरुलाई आफू समान सोच्नु पर्छ
विनसिँत्तिमा झुकाउनु अधर्म हो
बाधाहरु न फुकाउनु अधर्म हो ।।
-गुणनिधि घिमिरे , पाँचथर हाल अमेरिका
पञ्चाङ्ग-११
पैसैबिना दुखी भाछु पापी दुनियामा,
खोजी खोजी थोत्रो लाछु पापी दुनियामा
पैसाले नै सभ्य अनि शिष्ट देखिने रे
अशभ्यको फेटा पाछु पापी दुनियामा ।
नाम खोज्न धेरै धाछु पापी दुनियामा।
-चन्द्रावती अधिकारी, बाँके कोहलपुर
पञ्चाङ्ग-१२
१
पैसा नै रहेछ बिक्ने बिकाउने साथी ।
धनले गरायो सिक्ने सिकाउने साथी ।
बिना पैसा चल्दो रहेनछ जिन्दगानी
सम्पतिले हैछ टिक्ने टिकाउने साथी।
पैसाले बझायो झिक्ने झिकाउने साथी।
२
धन भए सबैले आफ्नो भन्छन् यहाँ।
विशेष काममा औंलामा गन्छन् यहाँ।
सबै भन्दा ठूलो धन भयो अहिले,
पैसाकै कारण नै ठूलो बन्छन् यहाँ।
धन नभएकाको खेदो खन्छन् यहाँ।
-सुशीला पौडेल, काठमाडौं