Wednesday 11th March 2026

पाँच स्रष्टाका ३-३ वटा खोरिया साहित्य


खोरिया

तामाङ सेलो,खेलोमा
मौलिक लय, मेलोमा
डम्फुको ताल घन्कियो
गाउँ रन्कियो। १

आमा र बाबा छन् घर
छोरा र छोरी झन् पर
बिछोड कल्ले गरायो?
दया हरायो। २

लेकमा चौंरी चरेको
बेसीमा धान फलेको
देखेर सेलो खेलेर
बसौं मिलेर। ३

– डा. बम बहादुर जिताली

खोरिया

कमाई गरि जोडेको
सन्तानलाई छोडको
आँसुले आँखा पखाले
घरै निकाले

आधा पेट खाइयो
टालेको बस्त्र लाइयो
पीडामा सँधै आजझन्
रुन्छ साह्रै मन्

धनमा सबै आँखा त्यो
बाहिर छुट्टै भाका यो
बुझिन मैले जिन्दगी
प्रेम बन्धकी ।
नखाइकन जोडेको

जनार्दन अधिकारी धड्कन
चनपा १५,काठमाडौ ।

बुढ्यौली खोरिया

१) युवाको जोश राष्ट्रमा
सेवाले अर्पे जनमा
बृद्धको पेन्सन् सहारा
भयो पियार !

२) साठी यो वय कटेछ
तनको शक्ति घटेछ
खुम्चिदै गयो हियार
लौरो पियार !

३) नगर्नु रूखो वचन
बृद्धको गरौं जतन
बढाऔं सधैं स्याहार
सेवा पियार !

सुरेश चन्द्र घिमिरे
लमजुङ !

खोरिया

न बाबु न आमा ममा
आयो यो जमाना नयाँ
छ सुनसान दुनियाँ
म छु यो पाना!

गुलाफी केश मेरा
पाकेको छु म केरा
सर्न सक्दिन यो डेरा
छु कोठो फेरा!

गयो वैँसको कहानी
म छु नवीन बिहानी
सार्नै नसक्ने सिरानी
ठेकी मदानी!

कलानिधि दाहाल

खोरिया
———-

पूर्वमा घाम उदायो
पश्चिमा गइ अस्तायो
बाआमा गरेँ नमन
परेँ शरण !


जवान थिए सफल
सुकेका वर पीपल
सन्तान गरे नजर
ठूला ईश्वर !


आकाश जून र तारा
दुनियाँ खोज्दै साहारा
पीडामा खोली बगर
गरौँ सम्भार !

-आर्त अकुलीन


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

प्रतिकृयाहरू
...