Wednesday 11th November 2026

डिसेम्बर २६ देखि कुवेत भित्रिने सबैले अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्ने, ४८ घण्टा भित्रको पीसीआर रिपोर्ट चाहिने


कुवेत सरकारले यात्राबाट फर्केकाहरू सबैले १० दिन होम क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आइतबार २६ डिसेम्बरदेखि लागु हुने गरि सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ९ महिनाअघि लगाएकाहरूलाई जनवरी २ तारिखसम्म तेस्रो शट लगाउने निर्णय पनि गरेको छ ।

मन्त्रीपरिषदको निर्णय अनुसार कुवेत भित्रिएको ७२ घण्टा पछि दोश्रो पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा भने क्वारेन्टिन बस्नु पर्ने छैन । त्यसै गरि यात्रुहरूले पहिले तोकिएको ७२ घण्टाको सट्टा आगमनको ४८ घण्टा अगाडि गरिएको नेगेटिभ पीसीआर परीक्षण गर्नुपर्नेछ, सरकारी सञ्चार केन्द्रले ट्विटरमा भन्यो। मन्त्रिपरिषद्ले मानिसहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सबै स्वास्थ्य दिशानिर्देशहरू र सावधानीहरूको पालना गर्न सल्लाह दिएको छ।

मन्त्रिपरिषद्ले आइतबार, जनवरी २ लाई एक दिन बिदाको रूपमा पनि अनुमोदन गरेको छ, जसमा सरकारी विभागहरूमा शनिबार, जनवरी १ को विकल्पको रूपमा बन्द रहनेछ।


सम्बन्धित शीर्षकहरु

इजरायलले आफ्नो एफ–३५आई ‘अदिर’ स्टेल्थ लडाकु विमानको सञ्चालन दूरी बढाउन विशेष बाह्य इन्धन ट्याङ्की विकास गर्ने भएको छ। इजरायलको रक्षा…

१० नोभेम्बर २०२६ | अन्तर्राष्ट्रिय राजनीति / इजरायलमा बेन्जामिन नेतान्याहुको सरकार विस्थापित गर्ने उद्देश्यसहित नयाँ सरकार गठनको प्रयास गरिरहेका पूर्वसैनिक…

कतारका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग इरानसम्बन्धी विषयमा गरेको छलफलमा सकारात्मक तथा महत्त्वपूर्ण प्रगति भएको बताएका…

प्रतिकृयाहरू
...