“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
१
दुखियालाइ देख्दा आँखा रसाउँछ मलाई।
अत्याचारी घुस्याहा देख्दा जलाउँछ मलाई।
कहाँ गए गरिबका भाषणका कुरा आज
कुर्ची पाए सबै मोहित गनाउँछ मलाई।
सुधार भएन किन हो कराउँछ मलाई ।
२
उस्को वरिपरि माखा भन्केको थियो ।
घरि-घरि आफै एक्लै सन्केको थियो।
उनको माया बिना पागल बन्दै छ
त्यसैले त बाटो भरि दन्केको थियो।
आफै भित्र बरालिदै रन्केको थियो।
३
नेपाली हौ विर जाति झुकेर हामी बस्दैनौ।
श्रमिक हौ अरु सामु ढुकेर हामी बस्दैनौ ।
रगत र पसिना ले सिचिएको हाम्रो माटो
सम भाव सबैमा छ भुकेर हामी बस्दैनौ।
जोगाउन वैरि बाट चुकेर हामी बस्दैनौ।
४
तिमी आफ्नो गल्ती लाइ लुकाउन नखोज।
उठेको यो शिर मेरो झुकाउन नखोज।
पिर ब्यथा भुलेर अब उकालो लाग्दै छु
फेरी आफ्नो हिँसा निती भुकाउन नखोज।
गल्ती गर्दै माफी माग्दै चुकाउन नखोज।
५
चारै किल्ला बाँध्नु पर्छ ढुकेर बस्दै छन।
देश मिच्ने बैरि धेरै लुकेर बस्दै छन।
देश भक्ति सबै जागौ आफ्नो भूमि जोगाउ
हाम्रो माटो भन्दै झुट्टै भुकेर बस्दै छन।
इमान्दारी बाचा पनि चुकेर बस्दै छन।
-लक्ष्मी बस्याल , बर्दिया
१
असारको महिना छ जानु पर्छ मेलामा हामी
मानो खाएर मुरी उब्जाउने यो बेलामा हामी
काम नगरे खान कहाँ पाइन्छ सजिलै यहाँ
नत्र भने अनिकालको परिन्छ फेलामा हामी
होस नगरे परिएला भाग्यको खेलामा हामी ।
२
हरियो चुरा पोते हातमा मेहेन्दी लाइन मैले
साउने संक्रान्तीमा पनि खास कुरा खाइन मैले
प्राकृतिक प्रकोपले पीडित भाछौँ नेपाली हामी
त्यसैले श्रावणको महिनामा खुसी पाइन मैले
बिलाशिताका सामग्री अहिले किन्न चाइन मैले ।
३
ती कुराबाट बचेको पैसा सेवामा लगाउन पर्छ
मन लागेको छ समाजमा कोरोना भगाउन पर्छ
गाउँगाउँमा कोरोना भित्रीएर हैरान छ पारेको
काेभिड विरुद्धको खोप सबैलाई मगाउन पर्छ
सरसफाइ मास्क््बारे जनचेतना जगाउन पर्छ ।
४
थोरै पैसा बचाएर नि गरिबको सेवा गरौं है
बाचुन्जेल जति हुन्छ गरिब माथी माया भरौ है
रित्तै आएर रित्तै जाने जिन्दगी हामी सबैको
असल कृति राख्ने काम समाजमा लागी परौ है
राम्रो काम गरि छोडेर बैकुण्ठमा पार तराै है।
५
जे जस्तो छ आफ्नै पुरानो चुरा पोते लाउँछु म
सेवा गरे भने दुखिको खुसी त्यँही पाउँछु म
ढुङ्गा पुज्ने मन्दिरमा होइन धर्म गर्न जाने
दुखी गरिवको झुप्रोमा सेवा गर्न धाउछु म
अशक्त अपांगको आशीर्वादमा रमाउछु म।
-तारा घिमिरे, संखुवासभा