गजल
बृहस्पति ठान्या नेता हाम्रा लागि शनी रैछन् ।
दशा होईन महादशा सङ्कटका धनी रैछन् ।
अब आउँदो चुनाव हुँदा राहु केतु भ्रामरी ,
भाऊ लगाई पन्छाउन ज्योतिषीले गनी रैछन ।
कति गाली गर्नु हजुर लामखुट्टे उपियाँलाई ,
भोका उडुस देश चुसी भुँडे गणेश बनी रैछन् ।
आफ्नो घरमा अरुको नै आज्ञा पालन गराउने ,
खोटो नोट खोटो सिक्का बैदेशीक मनी रैछन् ।
कति खानु सँधै सुगर प्रेशर मात्रै बढाउने ,
यी त चिनी मिसाईएका बजारीया हनी रैछन्
-टहल आचार्य