Monday 13th April 2026

टुक्काकार कर्ण दयालद्वारा सिर्जना गरिएका ६ टुक्काहरू


।१।
स्वार्थ लिनु थियो हिजो आपसमा जुटे ,
आज लिनु सबै लिइ सके फेरि फुटे ।
।२।
सत्ता भनेको यस्तो पो चिज रहेछ ,
नेताले नाचेको पनि न्युज भएछ ।
।३।
माला लगाएको थिए तिहारमा सुगन्ध थिएन,
सुन्दरता दियो घाँटीमा तर मौलिकता दिएन ।
।४।
सरकार ! पेट्रोलको मूल्य बढाएर ,
के गर्छौ ? जनता भोकै आफु अघाएर ।
।५।
एकले अर्कालाई सरापेर ,
गाली गर्छन रिसले काँपेर ।
।६।
सबै ठाउँमा यस्तै देखियो ,
एउटा टुक्का पनि लेखियो ।

✍️ कर्ण दयाल
मेलौली- ७, बैतडी

*** जय टुक्का! जय साहित्य!! ***


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...